2026-07-24 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

माघ ९, काठमाडौँ | नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । 

सङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व पौडेलको स्मृतिमा रू १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

पत्रकार महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने उहाँले बताउनुभयो ।

हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ ।

यसैबीच पत्रकार महासङ्घ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलि सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभइ सिङ्गो पत्रकारिताको क्षेत्रमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पौडेलेको माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएको थियो । 

स्व पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासङ्घ गण्डकीको सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँ दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । उहाँले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायतका मिडियामा काम गरिसक्नुभएको थियो । हाल उहाँ पोखरा हटलाइन दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक