२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

१२ माघ २०७९, बिहीबार ०६:२८

माघ १२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ थालिएको लामिछानेविरुद्धको नागरिकता मुद्दामा कानुन व्यवसायीको बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।  


दिनभरको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरे। सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे। लामिछाने पक्षका कानुन व्यवसायीले रिट निवेदन सार्वजनिक सरोकारको विषय नभएको दाबीसमेत गरे।  

नेपाली हुन् भन्ने तथ्यमा विवाद देखिएको बहसमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय राज्यलाई जानकारी नगराएको अर्थात् कानुनअनुसार प्रक्रियागत रूपमा नयाँ नागरिकता लिनुपर्ने विपक्षी कानुन व्यवसायीको जिकिर छ। देशको नागरिकता नै नभएका व्यक्ति कसरी मन्त्री बन्न सक्छन् रु भन्ने मुख्य प्रश्न बनाइएको छ।

खचाखच भरिएको इजलासमा दिनभर बहस भएको थियो। कानुन व्यवसायीका यसअघिका बहसजस्तै विषय दोहोर्‍याइएका थिए। बीचबीचमा इजलासबाट न्यायाधीशले कानुन व्यवसायीलाई प्रश्न सोधेका थिए।

न्यायाधीश खतिवडाले सरकारी वकिललाई प्रश्न गरेका थिए, ‘नागरिकताको प्रमाणपत्र नलिएको व्यक्ति उम्मेदवार हुन मिल्छरु नागरिकता नलिएको भए तपाईं लोकसेवाको ढोका छिर्न पाउनुुहुन्थ्यो रु’ उनले कोही विदेशी नागरिक सांसद भएको रहेछ भने सार्वजनिक सरोकारको विषय बनाएर उजुरी गर्न पाउने कि नपाउने भन्ने प्रश्न पनि गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा