२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाख १ : एउटै मितिका लागि पाँच नेपाली चलचित्र, दयाहाङका दुई फिल्म एकआपसमा भिड्दै

१२ माघ २०७९, बिहीबार ०७:१५

माघ १२, काठमाडौँ | दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । 

बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ ।  

यसअघि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून देखिन्छ । 


सुहाना थापा, धिरज मगर, विपिन कार्की लगायतको अभिनय रहने चलचित्रले निर्माणसँगै प्रदर्शन मिति घोषणा गरेको थियो । 

रामबाबु गुरुङको निर्माण एवं उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् । 

यस्तै, ब्रान्ड बनिसकेको नाम ‘नाइँ नभन्नु ल’को छैठौं सिरिजमा आशीर्वाद बराल र आँचल शर्मा मुख्य भूमिकामा छन् । विकासराज आचार्य चलचित्रका निर्देशक हुन् । 

त्यसैगरी सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । 

रोहित कट्टेल प्रस्तुतकर्ता एवं प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिसँगै शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।

रोचक कुरा त के देखियो भने वैशाख १ गते दयाहाङ राईका ‘जारी’ र ‘बिहे पास’ गरी दुई वटा चलचित्र एकैदिन प्रदर्शन हुने भएका छन् ।

चलचित्र क्षेत्र र दर्शकले आशा गरेका चलचित्रहरू एउटै मितिमा आउँदाको असर सबै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा चलचित्रले पाउने शो घट्छ । त्यसले चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ ।

बिहे गर्नको लागि सरकारी जागिर गर्नुपर्र्छ भन्ने ग्रामीण नेपाली समाजको मान्यताको कथावस्तुमा फिल्म निर्माण भएको हो । ‘होस्टेल’ डेब्यु गर्ल श्रेष्ठको यो तेस्रो फिल्म हो । उनको पछिल्लो फिल्म ‘उत्सव’ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने