११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलियम पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

१३ माघ २०७९, शुक्रबार ०३:२७

माग १३, काठमाडौं | भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए । 

२०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न पाइपलाइन परियोजनाको लक्ष्यभन्दा आठ महिनाअघि नै कार्य सम्पन्न भएको थियो । 

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको शुद्धतासँगै चुहावटलगायतका समस्या नआउने प्रमुख यादवले दाबी गरे ।

करिब तीन अर्ब भारतीय रुपियाँ खर्च भएको यो पाइपलाइन परियोजना २०१८ को अन्त्यमा सम्पन्न भएको थियो । जमिनमुनि बिछ्याइएको पौने ११ इन्चको एमएस माइलस्टिलको एउटै पाइपबाट पटकपटक गरेर पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन सकिन्छ । अहिले डिजेल मात्र आइरहेको छ । 

भारतको पटनादेखि मोतीहारी १९८ किलोमिटर, मोतीहारीदेखि रक्सौल ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगञ्ज ३६।२ किलोमिटर गरी २६८ किलोमिटर पाइपलाइन रहेको छ । अहिले प्रतिघण्टा २९४ किलोलिटर इन्धन पाइपबाट आइरहेको तथा हालका दिनमा मुलुकलाई साढे पाँच दिन डिजेल र सात दिन पेट्रोल आपूर्ति गर्न सक्ने स्टक अमलेखगञ्ज डिपोमा रहेको कार्यक्रम सञ्चालक प्रशान्त भट्टराईले जानकारी दिए । 

खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बाराको अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्न पाइपलाइन परियोजनाको अमलेखगञ्जमा २०७६ कातिक ९ गते शिलान्यास गरी रुट सर्वेको कार्य सम्पन्न गरिसकेको आयल निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु