2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

माघ १३, काठमाडौं | बलिउड फिल्म ‘पठान’ ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। 

बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। बुधबार प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। यसले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन ५३ करोड ९५ लाख भारू कमाएको थियो।

‘पठान’ले तमिल र तेलुगु संस्करणमा दुई-दुई करोड भारू कमाएको छ। कलेक्सनको तुलनामा ‘पठान’ अहिले साउथ फिल्म ‘केजिएफ २’ र ‘आरआरआर’भन्दा पछाडि छ। तर हिन्दीमा फिल्ममा भने यसले अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको छ। रमेश बालाका अनुसार पहिलो दिन विश्वभर १०० करोड कमाउने भारतीय फिल्म: बाहुबली २, २.०, कबाली, साहो, आरआरआर, केजीएफ २ र पठान छन्। यसरी हेर्दा यो लिस्टमा अधिकांश फिल्म साउथका छन्। तर ‘पठान’ एक मात्र बलिउड फिल्म हो जसले १०० करोडभन्दा बढी ओपनिङ कमाइ गरेको छ।

घरेलु बक्स अफिसमा पहिलो दिन ५९ करोड कमाएको ‘पठान’ को व्यापार दुई दिनमा करिब १२७ करोड पुगेको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा