२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

१३ माघ २०७९, शुक्रबार ०७:०४

माघ १३, काठमाडौं | बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। 


बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। बुधबार प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। यसले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन ५३ करोड ९५ लाख भारू कमाएको थियो।

‘पठान’ले तमिल र तेलुगु संस्करणमा दुई-दुई करोड भारू कमाएको छ। कलेक्सनको तुलनामा ‘पठान’ अहिले साउथ फिल्म ‘केजिएफ २’ र ‘आरआरआर’भन्दा पछाडि छ। तर हिन्दीमा फिल्ममा भने यसले अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको छ। रमेश बालाका अनुसार पहिलो दिन विश्वभर १०० करोड कमाउने भारतीय फिल्म: बाहुबली २, २.०, कबाली, साहो, आरआरआर, केजीएफ २ र पठान छन्। यसरी हेर्दा यो लिस्टमा अधिकांश फिल्म साउथका छन्। तर 'पठान' एक मात्र बलिउड फिल्म हो जसले १०० करोडभन्दा बढी ओपनिङ कमाइ गरेको छ।

घरेलु बक्स अफिसमा पहिलो दिन ५९ करोड कमाएको ‘पठान’ को व्यापार दुई दिनमा करिब १२७ करोड पुगेको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने