२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राहुल-आथियालाई उपहार: ५० करोडको अपार्टमेन्ट देखि २.१७ करोडको कार, कसले के दिए?

१३ माघ २०७९, शुक्रबार १०:२४

माघ १३, काठमाडौँ | अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि यी नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड भारुको आलिशान अपार्टमेन्ट उपहार दिएका छन् ।


सुनील शेट्टीका नजिकका साथी सलमान खानले अथियालाई १.६४ करोड भारुको अडी कार उपहार दिएका छन् । ज्याकी श्राफ, विराट कोहली, एमएस धोनी र अर्जुन कपुरले पनि आथिया र राहुललाई महँगो उपहार दिएका छन् । मिडिया रिपोर्टका अनुसार आथियाका विशेष साथी तथा अभिनेता अर्जुन कपुरले उनलाई १.५ करोड भारुको हिराको ब्रेसलेट दिएका छन् भने ज्याकी श्राफले आथियालाई ३० लाख भारुको लग्जरी घडी उपहार दिएका छन् ।

अथिया बाहेक केएल राहुलले पनि धेरै महँगो उपहार पाएका छन् । राहुलका नजिकका साथी विराट कोहलीले उनलाई २.१७ करोड भारुको बीएमडब्ल्यू कार उपहार दिएका छन् । योसँगै भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि राहुललाई ८० लाख भारुको कावासाकी निन्जा बाइक उपहार दिएका छन् ।

आथिया र राहुलको विवाह सुनील शेट्टीको खण्डाला फार्महाउसमा भएको थियो । यो विवाह निकै गोप्य राखिएको थियो । विवाहमा १०० जनालाई मात्र निम्तो दिइएको थियो । दीपिका-रणवीर, आलिया-रणवीर र विक्की-कट्रिनाको विवाह जस्तै यसलाई पनि धेरै हदसम्म गोप्य राखिएको थियो। यो विवाहमा पनि फोन लैजान बन्देज गरिएको थियो ।

आथिया र राहुलले चार वर्ष डेटिङ गरेपछि विवाह गरेका हुन् । आथियाले आफ्नो करियरमा ४ वटा फिल्म गरिसकेकी छिन् । उनले सलमान खानको प्रोडक्सनमा बनेको फिल्म हिरोबाट डेब्यु गरेका हुन् । आथियाको कुल सम्पत्ति २९ करोड भारु रहेको छ भने केएल राहुलले वार्षिक ३० करोड भारु कमाउँछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने