2026-07-26 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राहुल-आथियालाई उपहार: ५० करोडको अपार्टमेन्ट देखि २.१७ करोडको कार, कसले के दिए?

माघ १३, काठमाडौँ | अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि यी नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड भारुको आलिशान अपार्टमेन्ट उपहार दिएका छन् ।

सुनील शेट्टीका नजिकका साथी सलमान खानले अथियालाई १.६४ करोड भारुको अडी कार उपहार दिएका छन् । ज्याकी श्राफ, विराट कोहली, एमएस धोनी र अर्जुन कपुरले पनि आथिया र राहुललाई महँगो उपहार दिएका छन् । मिडिया रिपोर्टका अनुसार आथियाका विशेष साथी तथा अभिनेता अर्जुन कपुरले उनलाई १.५ करोड भारुको हिराको ब्रेसलेट दिएका छन् भने ज्याकी श्राफले आथियालाई ३० लाख भारुको लग्जरी घडी उपहार दिएका छन् ।

अथिया बाहेक केएल राहुलले पनि धेरै महँगो उपहार पाएका छन् । राहुलका नजिकका साथी विराट कोहलीले उनलाई २.१७ करोड भारुको बीएमडब्ल्यू कार उपहार दिएका छन् । योसँगै भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि राहुललाई ८० लाख भारुको कावासाकी निन्जा बाइक उपहार दिएका छन् ।

आथिया र राहुलको विवाह सुनील शेट्टीको खण्डाला फार्महाउसमा भएको थियो । यो विवाह निकै गोप्य राखिएको थियो । विवाहमा १०० जनालाई मात्र निम्तो दिइएको थियो । दीपिका-रणवीर, आलिया-रणवीर र विक्की-कट्रिनाको विवाह जस्तै यसलाई पनि धेरै हदसम्म गोप्य राखिएको थियो। यो विवाहमा पनि फोन लैजान बन्देज गरिएको थियो ।

आथिया र राहुलले चार वर्ष डेटिङ गरेपछि विवाह गरेका हुन् । आथियाले आफ्नो करियरमा ४ वटा फिल्म गरिसकेकी छिन् । उनले सलमान खानको प्रोडक्सनमा बनेको फिल्म हिरोबाट डेब्यु गरेका हुन् । आथियाको कुल सम्पत्ति २९ करोड भारु रहेको छ भने केएल राहुलले वार्षिक ३० करोड भारु कमाउँछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली