११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामिछानेलाई ‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग

१४ माघ २०७९, शनिबार ०३:३४

माघ १४, काठमाडौँ | कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपोर्टले यात्रा गर्न मिल्छ ? अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसैकारण लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गरे, चुनाव पनि जिते। त्यति मात्र होइन, उपप्रधान तथा गृहमन्त्री पनि बने। 

नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो। त्यहाँ पनि लामिछानेलाई ‘चोख्याउन’ सम्पूर्ण राज्य संयन्त्र परिचालन गरियो। तर, मुलुकको सर्वोच्च न्यायालयले भने मानेन। नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको नागरिकता रद्द गर्‍यो। सांसद बन्न अयोग्य भएको फैसला शुक्रबार गर्‍यो। 

राज्यले नै भन्यो –अनागरिकले चुनाव लड्न पाउँछ 

उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जोगाउन राज्य संयन्त्रबाटै कानुनको अपव्याख्या भयो। नागरिकता ठगीको विषयमा त राज्यले अनुसन्धान गरेर आफैं मुद्दा लड्नुपर्ने थियो। तर सहन्यायाधिवक्ताले लामिछानेका पक्षमा बहस गरे। गृह मन्त्रालय, संसद्, निर्वाचन आयोगदेखि जिल्ला प्रशासन कार्यालय लामिछानेलाई जोगाउनतिर लागे। 

नागरिकताको विषयमा विवादमा परेका लामिछानेलाई गृह मन्त्री नै बनाएपछि प्रहरीले थप अनुसन्धानको काम रोक्यो। नागरिकतासम्बन्धी छानबिनको जिम्मेवार निकाय नै गृह मन्त्रालय हो। ‘कन्फ्क्टि अफ इन्टरेस्ट’ मा उनलाई गृह मन्त्री बनाएको स्पष्टै थियो। ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेले तत्कालीन अवस्थामा पनि नेपाली नागरिक सरह काम गरे। तर, राज्य भने गैरनागरिकले यसरी काम गर्दा बेवास्ता गरेर बस्यो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु