2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिलिजको दोस्रो दिन पनि पठानको कमाईमा रेकर्ड, अभिनेता शाहरुख खानले रचे इतिहास

माघ १४, मुम्बई | बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै कमाउने यो पहिलो बलिउड फिल्म हो । 

अर्कोतर्फ तमिल र तेलुगुको आँकडालाई मिलाएर हेर्ने हो भने फिल्मको दोस्रो दिनको कुल कलेक्सन ७२.५ करोड पुगेको छ । घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२९ करोड पुगेको छ । पहिलो दिन ५५ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको थियो ।

विश्वव्यापी कमाईलाई हेर्ने हो भने पठानले दुई दिनमा २२० करोडभन्दा बढी कमाएको छ । पठानले यसरी नै कमाइ गरिरहने हो भने आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्न सक्नेछ । बक्स अफिस इन्डिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन विश्वभर करिब ११२ करोड भारु कलेक्सन गरेको छ । पहिलो दिनमा १०३ करोडको कलेक्सन जोड्ने हो भने फिल्मले दुई दिनमा २१५ करोड कमाएको छ । योसँगै साउथ रिजनको ६ करोड जोड्दा फिल्मको कुल कमाई २२१ करोड नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा