२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा काम गर्ने केयरगिभरको छनोट प्रक्रिया पुनरावलोकन गरिने

१६ माघ २०७९, सोमबार ०३:१७

माघ १६, काठमाडौँ | इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरावलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरावलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायली राजदूतसँग भएको पटकपटकको छलफलमा सबै प्रक्रिया पुनरवलोकनको विषय उठेको हो । विभागअन्तर्गतको इजरायल/जापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलमा नेपाली केयरगिभर लैजाने कार्य ढिलो भएकाले यसलाई सुधार गरेपछि मात्रै नयाँ मागसम्बन्धी काम गर्न प्रस्ताव इजरायली पक्षसँग गरिएको जानकारी दिए । हालको प्रक्रियाले श्रमिकलाई आर्थिक रूपमा मर्का परेकाले अब नयाँ आउने मागमा यस्तो नहोस् भनेर अहिलेदेखि नै पुनरावलोकनको प्रस्ताव गरिएको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा