२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम…’ (भिडियो)

१६ माघ २०७९, सोमबार ११:५६

माघ १६, काठमाडौँ | फागुन १९ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।

सोमबार साँझ ५ बजे ओएसआर डिजिटलको यूट्युब च्यानलबाट डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वरको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु राजेन्द्र थापाले रचना गरेका हुन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

गीतको भिडियोमा दीपक राज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का तथा राज आचार्यले आकर्षक नृत्य गरेका छन् ।

फिल्मको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीत सकिने बित्तिकै फिल्मको एउटा दृष्य समावेश गरिएको छ, जहाँ दीपकराज गिरी, केदार घिमिरे तथा गजित विष्ट देखन्छिन् । दृष्यमा भोटको ब्यालेट बक्स आफ्नो अगाडि गणना गरेपछि मात्र बुथमा फर्काउने उजुरी दिइरहेका राजा (दीपकराज) तथा मतदान अधिकृत (गजित) विष्टबीचको संवादले फिल्ममा राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको अनुमान गर्न सकिन्छ ।

आमा सरस्वती मुभिज तथा आईएमइद्वारा प्रस्तुत यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला आदि कलाकारले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।

नरेन्द्र मैनाली यो फिल्मका छायांकार हुन् भने फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन छ । फिल्को कथाकार तथा लेखक दीपक राज गिरी हुन् ।

फिल्ममा दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता, केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने