2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम…’ (भिडियो)

माघ १६, काठमाडौँ | फागुन १९ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।

सोमबार साँझ ५ बजे ओएसआर डिजिटलको यूट्युब च्यानलबाट डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वरको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु राजेन्द्र थापाले रचना गरेका हुन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

गीतको भिडियोमा दीपक राज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का तथा राज आचार्यले आकर्षक नृत्य गरेका छन् ।

फिल्मको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीत सकिने बित्तिकै फिल्मको एउटा दृष्य समावेश गरिएको छ, जहाँ दीपकराज गिरी, केदार घिमिरे तथा गजित विष्ट देखन्छिन् । दृष्यमा भोटको ब्यालेट बक्स आफ्नो अगाडि गणना गरेपछि मात्र बुथमा फर्काउने उजुरी दिइरहेका राजा (दीपकराज) तथा मतदान अधिकृत (गजित) विष्टबीचको संवादले फिल्ममा राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको अनुमान गर्न सकिन्छ ।

आमा सरस्वती मुभिज तथा आईएमइद्वारा प्रस्तुत यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला आदि कलाकारले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।

नरेन्द्र मैनाली यो फिल्मका छायांकार हुन् भने फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन छ । फिल्को कथाकार तथा लेखक दीपक राज गिरी हुन् ।

फिल्ममा दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता, केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा