2026-10-15 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोहा हुँदै दक्षिण अफ्रिकातर्फ लैजान लागेको विदेशी मुद्रासहित एकजना विमानस्थलबाट पक्राउ

माघ १७, काठमाडौँ | अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउथ अफ्रिकन र्‍याण्ड २३ हजार २ सय ५० सहित एक पुरुष पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ५२ वर्षीय टोप बहादुर बुढा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र २०० दरको २१ थान, १०० दरको १ सय ९० थान, २० दरको २ थान र १० दरको १ थान गरी उक्त साउथ अफ्रिकन र्‍याण्ड बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि विदेशी मुद्रा सहित प्रहरी वृत्त गौशला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने