2026-09-19 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शशांक कोइरालाले भने–प्रचण्ड पाँच वर्षकै प्रधानमन्त्री हो, हामी निशर्त सघाउँछौं

माघ १७, काठमाडौँ | नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको निशर्त सहयोग रहने बताएका छन् । उनले आफूहरुले राजनीतिक स्थायित्वको लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले वर्तमान सरकारलाई निशर्त सहयोग गर्ने सोच बनाएको बताए ।

उनले भने,‘हामी यो सरकारलाई निश्वार्थ सहयोग गर्छौं । हामी सरकार बाहिर बसेर वा सरकारमै गएर भएपनि सहयोग गर्न तयार छौं । प्रधानमन्त्री प्रचण्ड ढुक्क हुनुहुन्छ ।’ उनले सरकारमा जाँदा आफूहरुले मन्त्रालयको बार्गेनिङ नगर्ने पनि स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले जुन मन्त्रालय दिएपनि बसेर काम गर्न तयार छौं । उहाँ अब पाँच वर्षको प्रधानमन्त्री हो ।’

सत्ता गठबन्धनमा खटपट सुरु भएको बेला कांग्रेस शीर्ष नेताबाट यस्तो कुरा आएको हो । यसले पनि के देखाउँछ भने अब प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्ने मनशायमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने उनको अडान यही उद्देश्यमा निहित रहेको कांग्रेस नेताहरुको पनि बुझाई छ ।

आजमात्रै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, दाहालले भने अहिले गृहमन्त्री नियुक्त गर्न नसकिने जवाफ दिएका थिए । दाहाल भने अहिले पार्टी पदाधिकारीको बैठकमा व्यस्त छन् ।

आजकै पदाधिकारी बैठकमार्फत उनले पार्टीबाट कसलाई गृहमन्त्री बनाउने भन्नेबारे निर्णय लिने तहमा पुगेको बुझिएको छ । दाहालले वर्षमान पुनलाई गृहमन्त्री बनाउने तयारी गरेका थिए । तर, उनको स्वास्थ्यले साथ नदिएको कारण उनी शक्तिबहादुर बस्नेतलाई अघि सार्ने योजनामा छन् । राष्ट्रपतिको पनि निर्वाचनलाई मध्येनजर गरेर दाहाल दुरगामी कदम चाल्नेगरि अघि बढेका छन् ।

आज/भोलि नै सत्ता गठबन्धन भत्किन सक्ने चर्चा भैरहेको छ । दाहाल राष्ट्रपतिमा पनि साझा व्यक्तिको खोजीमा छन् । राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल निर्णायक शक्ति भएकोले उनी आफूअनुकुल व्यक्तिको खोजीमा छन् । उनी कांग्रेस नेतृत्वको सहमतिमा राष्ट्रपतिमा बाबुराम भट्टराईलाई अघि सार्ने तयारीमा छन् । यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ग्रिन–सिग्नल दिएका छन् । उता, कांग्रेसभित्र भने राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह