११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शशांक कोइरालाले भने–प्रचण्ड पाँच वर्षकै प्रधानमन्त्री हो, हामी निशर्त सघाउँछौं

१७ माघ २०७९, मंगलवार ०८:३२

माघ १७, काठमाडौँ | नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको निशर्त सहयोग रहने बताएका छन् । उनले आफूहरुले राजनीतिक स्थायित्वको लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले वर्तमान सरकारलाई निशर्त सहयोग गर्ने सोच बनाएको बताए ।


उनले भने,‘हामी यो सरकारलाई निश्वार्थ सहयोग गर्छौं । हामी सरकार बाहिर बसेर वा सरकारमै गएर भएपनि सहयोग गर्न तयार छौं । प्रधानमन्त्री प्रचण्ड ढुक्क हुनुहुन्छ ।’ उनले सरकारमा जाँदा आफूहरुले मन्त्रालयको बार्गेनिङ नगर्ने पनि स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले जुन मन्त्रालय दिएपनि बसेर काम गर्न तयार छौं । उहाँ अब पाँच वर्षको प्रधानमन्त्री हो ।’

सत्ता गठबन्धनमा खटपट सुरु भएको बेला कांग्रेस शीर्ष नेताबाट यस्तो कुरा आएको हो । यसले पनि के देखाउँछ भने अब प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्ने मनशायमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने उनको अडान यही उद्देश्यमा निहित रहेको कांग्रेस नेताहरुको पनि बुझाई छ ।

आजमात्रै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, दाहालले भने अहिले गृहमन्त्री नियुक्त गर्न नसकिने जवाफ दिएका थिए । दाहाल भने अहिले पार्टी पदाधिकारीको बैठकमा व्यस्त छन् ।

आजकै पदाधिकारी बैठकमार्फत उनले पार्टीबाट कसलाई गृहमन्त्री बनाउने भन्नेबारे निर्णय लिने तहमा पुगेको बुझिएको छ । दाहालले वर्षमान पुनलाई गृहमन्त्री बनाउने तयारी गरेका थिए । तर, उनको स्वास्थ्यले साथ नदिएको कारण उनी शक्तिबहादुर बस्नेतलाई अघि सार्ने योजनामा छन् । राष्ट्रपतिको पनि निर्वाचनलाई मध्येनजर गरेर दाहाल दुरगामी कदम चाल्नेगरि अघि बढेका छन् ।

आज/भोलि नै सत्ता गठबन्धन भत्किन सक्ने चर्चा भैरहेको छ । दाहाल राष्ट्रपतिमा पनि साझा व्यक्तिको खोजीमा छन् । राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल निर्णायक शक्ति भएकोले उनी आफूअनुकुल व्यक्तिको खोजीमा छन् । उनी कांग्रेस नेतृत्वको सहमतिमा राष्ट्रपतिमा बाबुराम भट्टराईलाई अघि सार्ने तयारीमा छन् । यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ग्रिन–सिग्नल दिएका छन् । उता, कांग्रेसभित्र भने राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु