2026-09-19 11:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा सुगाले चिकित्सकलाई घाइते बनाएपछि मालिकलाई जेल र एक करोड बढी जरिवाना

माघ १८, काठमाडौँ | ताइवानमा सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर (झन्डै एक करोड १९ लाख रुपैयाँ) जरिवाना सुनाइएको छ। उनको सुगाले एक चिकित्सकलाई घाइते बनाएपछि त्यस्तो सजाय सुनाइएको हो। ताइवानको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उक्त सुगाका कारण लडेका डा. लिनको कम्मरको जोर्नी खुस्किएको थियो भने कटि चर्किएको थियो।

डा. लिनको ढाँडमा चढेर उक्त सुगाले बारम्बार पखेटा फटफटाउँदा उनी हडबडाएका थिए। सजाय सुनाइएका सुगापालकलाई ह्वाङ नामले चिनाइएको छ। उनले मको जातको अर्को सुगा पनि डा. लिन दौडिरहेको ठाउँनजिकै उडाउन लगेका थिए। डा. लिनले ती चरापालकको लापरबाहीका कारण आफूलाई चोटको लागेको दाबी गर्दै मुद्दा दायर गरेका थिए। उनले आफूले बेहोर्नुपरेको आर्थिक नोक्सानीको क्षतिपूर्तिको समेत मागदाबी गरेका थिए। डा. लीले आफू एक साता अस्पताल भर्ना भएको र आधा वर्षभन्दा लामो अवधि काम गर्न असक्षम भएको अदालतमा बताएका थिए। उनले आफू निको हुन छ महिना लाग्ने र तीन महिना विशेष स्याहारको आवश्यकता परेको पनि बताएका थिए।

दुर्लभ मुद्दा

उनका वकिलले टीभीबीएस न्यूजलाई बताएअनुसार डा. लिन प्लास्टिक सर्जन हुन्। शल्यक्रिया गर्न “लामो समयसम्म उभिनुपर्ने भएको” तर चोटका कारण त्यसो गर्न नसक्ने भएकाले ठूलो हानि भएको उनका वकिलको तर्क छ। “उनी अब हिँड्न सक्छन्, तर लामो समयसम्म उभिन भने अझै कठिन छ,” ती वकिलले भने।

ताइन्यान जिल्ला अदालतको प्रशासनिक डिभिजनका एक प्रतिनिधिले सञ्चारकर्मीहरूलाई यो एक “दुर्लभ” मुद्दा रहेको र यस्तो मुद्दा विगत एक दशकमा अदालतमा देखिएभन्दा भिन्न रहेको बताए। अदालतले ह्वाङको लापरबाहीका कारण डा. लिन लडेको ठहर गर्दै फैसला सुनाएको हो। मको जातको सुगा ४० सेन्टिमिटर अग्लो र पखेटा फैलिँदा ६० सेन्टिमिटर चौडा हुन्छ। लिबर्टी टाइम्सका अनुसार उक्त सुगाको आकार ठूलो भएकाले ह्वाङले “सुरक्षाका उपायहरू” अपनाउनुपर्ने न्यायाधीशले बताएका थिए।

सेन्ट्रल न्यूज एजेन्सीले “अन्जानमा चोट पुर्‍याएको आरोपमा” जेल सजाय दिइएको जनाएको छ। ह्वाङले आफूले अदालतको निर्णयको सम्मान गर्ने तर आफूले पालेको चरा आक्रामक नभएको र क्षतिपूर्तिको रकम “निकै धेरै” भएका कारण पुनरावेदनमा जाने सोच बनाएको बताएका छन्। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह