2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली बक्स अफिसमा पहिलो साता कति कमायो फिल्म ‘पठान’ले?

माघ १८, काठमाडौँ | शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । पाँच दिनसम्मै लगातार करोडभन्दा बढीको कमाइ गरेको फिल्म हेर्न दर्शकको उपस्थिति लोभलाग्दो देखियो । सोमबार यताको विकडेजमा पनि फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ ।

नेपालमा शाहरुख खानको स्टारडमको लोभलाग्दो उपस्थिति दर्शकमाझ छ । हुन सक्छ, चार वर्षपछि रिलिज भएको यो फिल्मलाई लिएर आतुरता थियो । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज भएपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शकलाई तान्न सक्यो ।

‘अवतार २’को कमाइ चाहिं नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ ग्रस छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा