२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीद्वारा अनुगमन, भेष बदलेर टुरिष्ट बने मन्त्री साही

३ आश्विन २०७३, सोमबार १६:२२

असोज ३, काठमाडौं । आइतबार अबेर झण्डा हल्लाउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही सिधै भीआईपी कक्षमा प्रवेश गरे । 

तर, उनी कतिबेला भिआइपी कक्षबाट फर्किए कसैलाई  पत्तो भएन । मन्त्री शाही विमानस्थलका ट्याक्सी चालकको अनुगमन गर्न विमानस्थल गएका थिए । किनकी उनलाई विदेशी साथीहरुले ट्याक्सीमा धेरै ठगिने गरेको गुनासो गरेका थिए । उनले सोचे, म आफैं एक पटक पर्यटक बनेर किन वास्तविकता पत्ता नलगाउने ?

अनि  उनि त्यहि कुराको अनुगमन गर्न बिमानस्थल पुगे । इत्तेहाद एयरको विमान आउने समय पारेर विमानस्थल पुगेका मन्त्री शाही सुटुक्क भीआईपी कक्षको शौचालयमा पसे र आफ्नो भेष बदले । भेष बदलेर मन्त्री अब पर्यटक बने । कालो पाइन्ट, सेतो टिसर्ट, हृयाट र कालो चश्मा लगाएका उनी झोला बोकेर निस्कँदा कसलाई के थाहा मन्त्री आफै भेष बदलेर पर्यटकको रुपमा बाहिर जाँदैछन् । त्यतिखेर उनि साच्चै एउटा  साधारण नागरिक पर्यटक जस्ता देखिए । उनीसँग भएका सुरक्षा गार्डहरु एयरपोर्टमै थिए । 

भीआइपी कक्षबाट केही अघि बढेर मन्त्री शाहीले अध्यागमनको काम कारबाहीलाई केही टाढैबाट नियाले । अगाडि जाँदा पासपोर्ट चाहिने भएकाले उनले सबै गतिबिधि टाढैबाट नियालेका थिए । र, त्यतिकैमा उनि पर्यटकको भेषमा एक्लै बाहिर निस्किए ।

अब उनको लक्ष ट्याक्सी थियो । उनि आफ्नो योजना बमोजिम ट्याक्सीको खोजीमा लागे । विमानस्थलमा निलो, रातो र कालो नम्बर प्लेटका ट्याक्सीहरु उपलब्ध छन् । ट्याक्सी चालकहरु शाहीलाई पर्यटक नै सम्झिएर तानातान गर्न लागे र अन्तत उनी निलो नम्बर प्लेटको ट्याक्सीमा चढे ।

उनले आफू भारतीय भएको र अहिले अमेरिकामा बस्ने भन्दै नेपाल घुम्न आएको बताएका थिए ।

ट्याक्सीलाई उनले ठमेल जाने कुरा बताए । तर, ट्याक्सी चालकले उनलाई उनले भनेको होटलमा लान नमानेर अन्तै देखाउन थाल्यो । मन्त्री साहीले ट्याक्सी चालकलाई काठमाडौं गेष्टहाउसमा लैजान भनेका थिए तर  चालकले कहिले दियालो राम्रो भएको भन्दै त्यहाँ पुर्‍यायो । मन्त्रीले काठमाडौं गेष्ट हाउसमानै लैजान भनेपछि ट्याक्सी चालकले हिमालयन पुर्‍यायो । तर, मन्त्री नमानेपछि काठमाडौं गेष्ट हाउसमा पुर्‍यायो तर, मन्त्रीसँग १५ सय भाडा उठायो ।

होटलमा पुगेपछि कोठा बुक गर्नुपर्ने भएकाले शाहीले जब आफ्नो असली परिचय दिए, तब ट्याक्सी चालक झस्किए ।

मन्त्री साहिको अनुगमन सकियो । उनले बुझे नेपाल आउने पर्यटकलाई कतिसम्म समस्या रहेछ । बिमानस्थलबाट झरेपछि ट्याक्सीको तानातान  र होटल खोज्ने काममा कमिसनको खेल मन्त्री बुझे । उनले विश्लेषण गरे यस्तो कार्यले देशकै बेइजत भएको छ ।

आइतार अबेर अनुगमन गरेका मन्त्री शाहीले सोमबार सम्वन्धित अधिकारीहरुलाई बोलाएर विमानस्थलमा ट्याक्सी व्यवस्थित गर्न निर्देशन दिएका छन् । 

ट्याक्सीहरु ताकिएको लाइनमा बस्नु पर्ने र पर्यटकहरुलाई तान्ने जस्ता काम तत्काल रोक्न मन्त्री शाहीले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह