Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो

By साझासवाल 3 मिनेट पढाइ

माघ १९, जुम्ला | नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्।  जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।प्रहरीका अनुसार भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्।

जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ।  उक्त पुरुषले आफ्नो पूरै शरीरमा पेट्रोल छर्केका थिए। तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाएन।

बाँकेको कोहलपुर नगरपालिका-११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए।

'देशमा जताततै भ्रष्टाचार र अनियमितता छ, रविले पनि न्याय पाएनन्', उनले प्रहरीसँग भनेका छन्, 'रवि लामिछानेलाई न्याय चाहियो। उनले त न्याय नपाउने देशमा बाँचेर के गर्नु?’

पेट्रोल शरीरमा खन्याइसकेका उनलाई आगो लगाउनुपहिले नै जोगाएको हो। उनले प्रहरीलाई पेट्रोल जुनसुकै पम्पले दिने भन्दै त्यहीँबाट ल्याएर आएको बताएका छन्।