२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकपछि अर्को दबाबका कारण पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

२२ माघ २०७९, आईतवार ०३:४०

माघ २२, काठमाडौं | एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। 

दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिनाबीचमा सत्ता साझेदार दलहरूको एकपछि अर्को दबाबका कारण माओवादी केन्द्रका नेता कांग्रेससहितको पुरानो गठबन्धनलाई निरन्तरता दिने कसरतमा जुटेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सत्ता साझेदार दलमा बढ्दै गएको असन्तुष्टि र प्रधानमन्त्रीमाथि निरन्तरको दबाबले माओवादी केन्द्र अहिलेको गठबन्धनको विकल्प खोज्नेसम्मको अवस्थामा पुगेको निकट स्रोतको दाबी छ।

सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपाठ नआउँदै लामिछानेलाई फेरि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिन एमालेसहितका दलहरूबाट निरन्तर दबाब आउनु ठिक नभएको प्रधानमन्त्री दाहालनिकट एक नेताले बताए। ‘गठबन्धन जोगाउने नाममा जुनसुकै सम्झौता र दबाब मान्नुपर्छ भन्ने छैन,’ ती नेताले भने, ‘रवि लामिछानेलाई मात्र होइन, उनको पार्टीलाई पनि गृह मन्त्रालय अब दिन सकिँदैन |' यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य