2026-07-24 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह रास्वपालाई नै दिने ओलीको अडानपछि प्रचण्डको प्रश्न– मेरो पार्टीका अरुलाई प्रधानमन्त्री स्वीकार्नु

माघ २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयसम्म पनि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिन प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । पटक पटक भएको भेटमा उनले यस्तो अडान नछाडेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार ओलीले राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउन जानुअघिको सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका थिए । त्यस्तो अवस्थामा राष्ट्रपति एमालेले पाउनेछ भने गृह मन्त्रालय रास्वपाले नै पाउनेछ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि हालतमा रास्वपालाई गृह मन्त्रालय दिन तयार नभएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले अर्को कुनै मन्त्रालय दिन तयार रहेको तर रोजाइको मन्त्रालय दिन नसकिने अडान कायमै राखेका थिए । स्रोतले दिएको जानकारीअनुसार ओलीले गृह मन्त्रालय माओवादीले नै राख्ने भए भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रास्वपालाई दिन भनेका थिए ।

“हामीले गृह मन्त्रालय रास्वपालाई नभएर रविलाई हेरेर दिएका थियौँ,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले रवि सांसद पनि नभएको अवस्थामा उनलाई सरकारमा सहभागी गराउने कुरा कठिन छ । रास्वपाका अर्का व्यक्ति पठाउने भए अर्को कुनै मन्त्रालय दिन सकिन्छ,” दाहालको भनाई थियो ।

ओलीले भने रास्वपाले जसलाई पठाए पनि गृह मन्त्रालय दिनुपर्ने अडान राखेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए– त्यसो भए हाम्रो पार्टीका कुनै पनि अरु सांसदलाई प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ ?”

शनिबार बिहान भएको भेटमा पनि गृह मन्त्रालयका विषयमा सार्वजनिक टिप्पणी नगर्ने भनिए पनि विराटनगर पुगेर ओलीले रास्वपाले नै पाउनुपर्ने गरी दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री दाहालले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक