२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संबिधान कार्यान्वयनमा ढिलाई भएको आरोप

४ आश्विन २०७३, मंगलवार ०३:४७

कमल रावल | असोज ४, अछाम | दलहरु बिचको दुरीका कारण संबिधान कार्यान्वयनमा ढिलाई भैरहेको सरोकारवालाहरुले आरोप लगाएका छन । संबिधान दिवस २०७३ को अवसरमा आज मंगलसैनमा सोमबार अयोजित सभामा बोल्ने अधिकांस बक्ताहरुले यस्तो अरोप लगाएका हुन । 

जिल्ला समारोह समितिका संयोजक शिव प्रसाद हुमागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथीतिको आशनबाट बोल्दै जिल्ला न्यायाधिस हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले संबिधान संस्थागत हुन नसक्नुमा रानितिज्ञहरुनै मुख्य दोषि रहेको बताउनुभयो । दलहरु बिचको आरोप प्रत्यारोपकै करण संबिधान कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको उहाँको भनाई छ । छिटो भन्दा छिटो संबिधान कार्यान्वयन भए मात्र देशका सबै नागरिक अधिकार सम्पन्न हुने भन्दै न्यायाधिस पंगेनीले त्यसका लागि सत्ताको छुलाचुडी भन्दा संबिधान सस्थागत गर्न तर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । कार्यक्रममा बिशिष्ठ अथीतिको आशनबाट बोल्दै पूर्ब सभाषद शेर बहादुर कुँवरले यो संबिधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउनु भयो । उहाँले कार्यान्वयनमा भैरहेको ढिलाइ प्रति चिन्त ब्यक्त गर्दै टिकाटिप्पणीमा समय खेर नफाल्न आग्रह समेत गर्नुभएको छ । आफ्नो इच्छा अनुसार नै संबिधानमा व्यवस्था खोज्नेहरुले राष्ट्रियता बिर्सन नहुने भन्दै पूर्ब सभाषद कुँवरले व्यवहारमा राष्ट्रबाद देखिन आबश्यक रहेको बताउनुभयो । 

ठुलो बलीदानी बाट प्राप्त संबिधानलाई संस्थागत गर्नु सबैको उतिकै दायित्व रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले त्यसको निरन्तरका लागि एक जुट हुन सबैलाई आह्वान गर्नु भएको छ । बजार परिक्रमा सहितको प्रभातफेरि पश्चात आयोजित सभामा नेपाली काग्रेसका पार्टी सचिब नम बहादुर शाही, नेकपा एमालेका सचिबालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बम बहादुर राउत, राप्रपाका अध्यक्ष तेज बहादुर बिष्ट, नेमकिपाका अध्यक्ष झंकर बहादुर शाही, नयाँ शक्ति नेपालका जिल्ला संयोजक पबित्रा तिमील्सेना, पत्रकार महासंघका उपाध्क्ष जनकराज भण्डारी र जिल्ला बार इकाइका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन जिबिसका सामाजिक बिकास अधिकृत खडक बिष्टले गर्नुभएको हो । जिल्ला स्थीत सबै निकायका प्रतिनीधीको पनि समारोहमा उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ