असोज ४, काठमाडौँ । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् ।

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने जानकारी गराउनुभयो ।

“ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा आन्तरिक प्रतियोगितामा सामेल हुने उल्लेख छ” उहाँले भन्नुभयो, “तर हामीलाई ऐन विपरीत आयोगले विज्ञापन खोल्नु अगाडि नै आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा ‘सुविधा लिई अवकाश’मध्ये एक रोज्न भनेको छ । यो हामीलाई मान्य छैन ।”

शिक्षा विभागले गत बुधबार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’मध्ये एक रोज्न आग्रह गर्दै यही असोज १० गतेसम्म ‘अस्थायी शिक्षक विवरण सङ्कलन फाराम’ भर्न आग्रह गरेको छ ।

अध्यक्ष कुँवरले आफूहरुका माग अनुसार विभागले व्यवस्थापन गर्न नथालेको भनी आपत्ति जनाउनुभयो । “अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी गराउनुपर्ने र प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकलाई औषधोपचार र उपदान सुविधा दिनुपर्ने तथा प्रतियोगिताबाट स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधि स्थायी सेवामा गणना गर्नुपर्ने हाम्रो माग हो” उहाँले भन्नुभयो– “तर त्यस मागलाई पनि व्यवस्थापन प्रक्रियाले सम्बोधन गरेको छैन ।”

अहिले देशभरि २०४० सालदेखिका करिब १७ हजार अस्थायी शिक्षक छन् । रासस

September 20, 2016
काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, गोरखा - GRK, जाजरकोट - JKT, दैलेख - DLK, धादिङ्ग - DHG, नुवाकोट - NWK, पर्बत - PBT, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, भक्तपुर - BKT, मुस्ताङ्ग - MST, म्याग्दी - MGD, रसुवा - RSW, ललितपुर - LLT, समाज, सिन्धुपाल्चोक - SDP, सुर्खेत - SKT
अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा सामेल नहुने
By kit
4 मिनेट पढाइ