२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

१० देशका कलाकार बागलुङ आउँदै

२८ माघ २०७९, शनिबार १२:५३

जेठ २८, बागलुङ । बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । 

महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङका प्रमुख अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिनुभयो । कलाकारसँगै रसियन आर्मी अफिसर प्रोफेसर डाक्टर इगोर ओभलोङकोभ पनि आउनुहुनेछ । 

उहाँले महाशिवरात्री नेपाली हिन्दूहरुको ठूलो पर्वका रुपमा रहेको भन्दै यसको महत्व, मौलिकतालाई जोगाउन र विदेशमा पनि बढी प्रचार गर्न विदेशी कलाकारलाई बागलुङ ल्याउन लागेको बताउनुभयो । 

कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न सङ्घले धार्मिक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । “महाशिवरात्रीले ठूलो महत्व बोकेको छ, हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणको अभावमा छन्, यिनीहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके नेपालमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छन्, सोही उद्देश्यले हामीले शिवरात्रीमा सानो कार्यक्रम गरेर प्रवद्र्धनमा टेवा पु¥याउने कोशिस गरेका छौँ”, उहाँले भन्नुभयो । सोही दिन स्थानीय कलाकारले पनि धार्मिक सांस्कृतिक नृत्य तथा अन्य अभिनय प्रदर्शन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की