2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

१० देशका कलाकार बागलुङ आउँदै

जेठ २८, बागलुङ । बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । 

महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङका प्रमुख अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिनुभयो । कलाकारसँगै रसियन आर्मी अफिसर प्रोफेसर डाक्टर इगोर ओभलोङकोभ पनि आउनुहुनेछ । 

उहाँले महाशिवरात्री नेपाली हिन्दूहरुको ठूलो पर्वका रुपमा रहेको भन्दै यसको महत्व, मौलिकतालाई जोगाउन र विदेशमा पनि बढी प्रचार गर्न विदेशी कलाकारलाई बागलुङ ल्याउन लागेको बताउनुभयो । 

कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न सङ्घले धार्मिक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । “महाशिवरात्रीले ठूलो महत्व बोकेको छ, हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणको अभावमा छन्, यिनीहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके नेपालमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छन्, सोही उद्देश्यले हामीले शिवरात्रीमा सानो कार्यक्रम गरेर प्रवद्र्धनमा टेवा पु¥याउने कोशिस गरेका छौँ”, उहाँले भन्नुभयो । सोही दिन स्थानीय कलाकारले पनि धार्मिक सांस्कृतिक नृत्य तथा अन्य अभिनय प्रदर्शन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा