२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिँदालिँदै सव ओभरसियर रंगेहात पक्राउ (फोटो र भिडियो सहित)

२०७३, ४ आश्विन मंगलवार ०८:३८


असोज ४, काठमाडौँ । भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका गुरुङले सेवाग्राहीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि भन्दै ४५ हजार घुस लिएका थिए । उनको शरीरबाट अख्तियारको टोलीले खानतलासी गर्दा थप  ७१ हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको ४५ हजार, दुई ओटा एटिएम कार्ड र एक मोबाइल बरामद गरेको छ ।


सव ओभरसियर गुरुङले सानुकाजी महर्जनसँग घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि उक्त रकम लिएको स्वीकारेका छन् । उनले अख्तियारकै अगाडी भनेका छन् 'मैले उक्त रकम सेवा शुल्क स्वरूप लिएको हुँ ।' तर अख्तियारका एक अधिकारीले सेवा शुल्कको नाममा त्यसरी रकम लिनु भ्रस्टाचारनै भएको बताए । 

यता गुरुङलाई रंगे हात पक्राउ गराउन भूमिका खेलेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले एक बिज्ञप्ति निकाल्दै यस्ता अप्रेशन हरेक जिल्लामा सुरु भईसकेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ 'हामी देशको सुशासनको लागि निस्वार्थ काम गर्दैछौं, भ्रष्टाचार नियन्त्रणको लागि हाम्रो अभियानलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साथ दिएको छ, हामी आयोगलाई बिशेष धन्यवाद दिन चाहन्छौं ।'

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङमाथि थप अनुसन्धान थालिने जनाएको छ ।

घुष लिएको पैसा गन्दै सव-ओभरसियर गुरुङ | 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङबाट बरामद गरेको १ लाख १६ हजार रकम |

गुरुङबाट बरामद घुष रकम (जुन अख्तियारले पहिलेनै सेवाग्राहीलाई दिएर पठाएको थियो), प्रामाणिकरण गर्दै अख्तियारको टोली | 

भिडियो पनि हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल