एजेन्सी | तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिवार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका भाइ र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए ।
उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।