२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्ने

२०७९, ७ फाल्गुन आईतवार ०८:३८

फागुन ७, काठमाडौँ । मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस(२१ डिसेम्बर)देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।


उनका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।

यसअघि जजिराले २ फेब्रुअरीदेखि उडान सुरु गर्ने आश्वासन दिएको थियो । तर उडान सुरु भएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । प्रवक्ता झाका अनुसार विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ । अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानको आम्दानीले खर्च व्यवस्थापन गरिएको उनले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले कुनै बेला जहाजले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ । तर भारतीय आकाश प्रयोग गर्न भारत सरकारसँग सम्झौता हुनुपर्छ । उक्त सम्झौता नहुँदा विमानस्थलको प्रयोगमा एयरलायइन्सहरु आकर्षित हुन सकेका छैनन् । अर्कोतर्फ भैरहवा उडानका लागि नेपालको पश्चिम भेगबाट आउने जहाजले नेपाल छिर्न पूर्वी नेपालको सिमरा बिन्दुमा पुगेर पुनः भैरहवा फर्कनुपर्छ । यसले समेत यो विमानस्थलको उडान तुलनात्मक रुपमा महँगो पर्न जान्छ । भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिएको छैन ।

भैरहवा तथा यस आसपासको भिजिबिलिटी २०० मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ । विमानस्थलमा जडित आईएलएस (उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली) सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका थिए ।

‘हवाई रुट प्रयोग गर्ने अनुमतिका लागि सरकारको उच्चस्तरीय तहबाट सम्वाद गरेर निकास निकाल्नुपर्नेछ’ झा भन्छन् । लुम्बिनीमा पर्यटक आउने सिजनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकिंदा पर्यटन व्यवसायीहरु चिन्तित छन् । लुम्बिनीमा अक्टोबरदेखि मार्चसम्म पर्यटकहरू बढी आउने गरेका छन् । ‘सिजनको बेला अन्तर्राष्ट्रिय उडान नभएपछि पर्यटनमा ठूलो असर परेको छ’ लुम्बिनीका होटल व्यवसायी अक्रम खानले भने ।

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् । ‘सरकारको अर्बौ लगानी भएको विमानस्थलमा अन्य एयरलाइन्सको विश्वास र आकर्षण बढाउन पनि नेपाल एयरलाइन्सको उडान नियमित हुनुपर्छ,’ पर्यटन व्यवसायी रचना पन्तले भनिन्, ‘नेपाल एयरलाइन्सको आफ्नै ग्राउण्ड ह्याण्डलिङ अफिस र कर्मचारी छन्, पार्किङ र ल्याण्डिङ चार्ज फ्रि भएकाले यात्रुलाई सस्तो पनि पर्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले २२ माघमा विमानस्थल अवलोकन गर्दै तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका थिए । उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हवाई रूटको एजेन्डा राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से