२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्यासको पाइप सफा गर्न आवश्यक, कसरी गर्ने सफा ?

२०७९, ७ फाल्गुन आईतवार ०९:२३

फागुन ७, काठमाडौँ । सिलिण्डरबाट ग्यास चुल्होसम्म पुर्याउने पाइपलाई नियमित सफा गर्नु अति आवश्यक छ । ग्यास सम्बन्धि सावधानिमध्ये यो पनि एक हो । हामी खाना पकाइ सकेपछि अथवा पकाउनु अगाडि ग्यासको चुल्हो दिनहुँ पुछ्ने गर्छौँ ।

चुल्हो संग–संगै सिलिण्डरलाई पनि पुस्छौं, तर के तपाईँले सिलिण्डरको पाइप कहिले सफा गर्नु भएको छ ?

सिलिण्डरको पाइपलाई सफा गर्न अति आवश्यक छ । पाइपमा जमेका फोहोरका कारण कहिलेकाहिँ ग्यासको फ्लेम हल्का हुन्छ ।

ग्यासको पाइप कसरी सफा गर्ने ?

सबैभन्दा पहिला सिलिण्डरको पाइप पूर्ण रुपमा ठिक छ कि छैन भन्ने परीक्षण गर्नु पर्छ । त्यसका लागि पानीको आवश्यकता पर्छ ।

सिलिण्डरको पाइपलाई एक बाल्टी पानीमा हाल्नु पर्छ । यदि पाइपमा प्वाल परेका छ भने (पानी फोका–फोका भएर पाइपमा पस्छ) पानी पाइपमा झिरेको थाहा हुन्छ ।

पाइप सफा गर्न आवश्यक सामग्रि

  • बेकिङ सोडा दुई चम्चा ।
  • पानी दुई गिलास ।
  • डिटर्जेन्ट १–२ चम्चा ।
  • भेनेगर दुई चम्चा ।

सफा गर्ने विधि

  • सबैभन्दा पहिला माथि उल्लेखित सबै सामग्रीलाई बाल्टीमा मन तातो पानीमा हालेर मिसाउनु पर्छ ।
  • एउटा मगको सहयोगले उक्त मिश्रणलाई पाइप भित्र हाल्ने र अर्को छेउबाट निकाल्नु पर्छ । यो प्रक्रियालाई दुई–तीन पटक दोहोर्याउनु पर्छ ।
  • पाइपमा उक्त घोल हाल्नका लागि एउटा तार लिनु पर्छ र त्यसको सहयोगले सफा गर्नु पर्छ । त्यसपछि सामान्य पानी हालेर एक पटक परीक्षण गर्नु पर्छ ।
  • अब त्यो पाइपलाई एउटा ठाउँमा झुन्ड्याउनु पर्छ । यसो गर्दा पानी पूर्ण रुपले निस्कन्छ । सफा गरेको दुई दिनसम्म त्यो पाइपलाई प्रयोग गर्नु हुँदैन । पानी पूर्ण रुपले नतर्केसम्म पाइपलाई प्रयोग गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से