Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 20, 2023 स्वास्थ्य

अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने

By साझासवाल

<p><b>फागुन ८,&nbsp; काठमाडौँ | </b>सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।<br></p><p>&nbsp;यस्तै, अस्पतालमा इलेकट्रोनिक मेडिकल रेकर्ड प्रणाली पनि लागू गरिने भएको छ ।&nbsp; संघ अन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा&nbsp; २०८० सम्ममा एकरूपता कायम गरिने मन्त्रालयले जनाएको छ ।</p>