2026-07-24 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अमिताभ बच्चन र टाइगर श्राफलाई कंगनाले बलिउड माफिया भनेपछि…

फागुन १२, काठमाडौँ | बलिउडकी ‘पंगा गर्ल’ अर्थात अभिनेत्री कंगना रनौत समय– समयमा आफ्नो बोलीका कारण विवादमा परिरहन्छन् ।

बी–टाउनकी उनी एउटी त्यस्ती कलाकार हुन्, जसले आफ्नो वयानले भूकम्प ल्याउन सक्ने ताकत राख्छिन् । करण जौहर, जावेद अख्तरजस्ता दिग्गज सेलिब्रेटीहरुसंग पंगा लिइसकेकी कंगनाको निशाना अब बलिउडमा महानायकको दर्जा पाएका अमिताभ बच्चन पनि परेका छन् ।

यतिबेला कंगना रनौत अमिताभ बच्चनसंग आक्रोशित भएकी छिन् । यसक्रममा उनले अमिताभ बच्चनलाई बलिउडको माफिया समेत भन्न भ्याइन् । कंगनाका अनुसार अमिताभ बच्चन बलिउड माफिया ग्याङ्का सदस्य हुन् ।

यसपटक कंगनाले अमिताभसंग रिस देखाउने कारण भने व्यक्तिगत नभएर व्यवसायिक छ ।

आफ्नो नयाँ फिल्मको प्रदर्शन मितिकै दिन अमिताभको फिल्म पनि प्रदर्शन हुने भएपछि कंगनाले आफूलाई नियन्त्रण गर्न नसकेकी हुन् ।

आफ्नो फिल्म ‘इमर्जेन्सी’ को रिलिज डेटकै दिन अमिताभ बच्चन र टाइगर श्राफको फिल्म ‘गणपत’ रिलिज गर्ने कुराले उनी अमिताभसंग रिसाएकी हुन् ।

यहि कुराको बारेमा कंगनाले ट्वीट गर्दै लेखेकी छिन्– ‘इमर्जेन्सी फिल्मका प्रदर्शनका लागि मिति खोजिरहेको बेला यो वर्षको मूभी क्यालेण्डर सबै खाली देखेँ । हिन्दी फिल्म इन्डस्ट्रीमा देखिएको समस्याका कारण पोस्ट प्रोडक्सन टाइमलाइनको हिसाबले मैले अक्टोबर २० लाई रिलिज डेटको रुपमा छानेकी थिएँ । त्यसको एक हप्ता अगाडि मात्र टीसीरीजका सञ्चालक भूषण कुमारले उनको फिल्म रिलीज हुने घोषणा गरिदिए । अक्टोबर महिना पुरा खाली छ । त्यस्तै सेप्टेम्बर र नोभेम्बर पनि खाली छ, तर आज अमिताभ बच्चन र टाइगर श्राफले अक्टोबर २० मै आफ्नो ठूलो प्रोजेक्ट घोषणा गरे । बलिउड माफिया ग्याङमा प्यानिक मिटिङ भइरहेको जस्तो छ । जब वर्ष भरी नै खाली छ भने क्लेशको आवश्यकता किन पर्यो ? इन्डस्ट्रीको यति धेरै नराम्रो स्थिति छ, तर पनि यस्तो दुर्बुद्धि, के खान्छौ तिमिहरु सबै ? यस्तो सेल्फ डेस्ट्रक्टिभ कसरी छौ ?’

कंगनाले आफ्नो फिल्म ‘इमर्जेन्सी’ कुनै अर्को डेटमा सार्ने पनि घोषणा गरिन् । उनको ट्विटबाट उनी कति आक्रोशित छिन् भन्ने कुरा बुझ्न सकिन्छ ।

फिल्म ‘इमर्जेन्सी’ कंगना इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् । कंगनाको यो फिल्म हेर्नका लागि प्रशंसकहरु उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक