Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नायिका शिल्पा र छवि ओझाको सम्बन्धविच्छेद मुद्दा टुंगियो, शिल्पाले जितिन् मुद्दा

२०७९, १५ फाल्गुन सोमबार ०६:५३

फागुन १५, काठमाडौँ | नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद मुद्दा टुंगिएको छ । नायिका पाखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी थिइन्।

जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने गरी फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ। अदालतको फैसलापछि शिल्पाले न्याय पाएको भन्दै खुसी व्यक्त गरेकीछिन् भने निर्माता छवि चुपचाप छन्।

छविले चौथो श्रीमतीका रूपमा शिल्पासँग बिहे गरेका थिए । दैनिकजसो घर झगडा, कुटपिट र शंका गर्ने गरेको भन्दै छविविरुद्ध शिल्पाले सार्वजनिक रूपमै गालीगलौज समेत गरेकी थिइन्। यही कारण विवाद बढ्दै गएपछि उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन र अदालतसम्म पुगेर सम्बन्धविच्छेद भयो।

शिल्पाले छविसँग सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्। शिल्पाको मुद्दामा आइतबार अबेर फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति आधा पाउने र शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने भनेको छ।

अदालतको फैसलाअनुसार पनि शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ। छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।

यसैगरी, छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ