चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो ।
2026-07-26 12:57 AM
काठमाडौँ - KTM

रोल्पा र प्यूठानमा छायांकन गरिएको चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी (भिडियोसहित)

चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो ।

 मौलिक संस्कृतीको जगेर्ना गर्ने सन्देश बोकेको यो चलचित्रलाई म्युजिक भिडियोमा निर्देशन गर्दै आइरहेका दिप सागरले निर्देशन गरेका छन् । पुरानो पुस्ता दशैं तिहारको विचमा देशभर एक साथ रिलिज हुने निर्देशक सागरले बताए । उनले भने– ‘रिलिज मिति तय हुन मात्रै बाँकी हो, दशैं तिहारको विचमा पुरानो पुस्ता रिलिज हुने पक्का छ ।’

 यस फिल्मको ट्रेलर पनि युट्युवमा सार्वजनिक भइसकेको छ । फ्लोरिना फिलिम्स् प्रालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता सावित्रा ओली हुन् ।

 चलचित्रको छायांकन रोल्पा तथा प्युठानमा गरिएको छ । चलचित्रमा राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य देख्न पाइने चलचित्रका लेखक संजिब पौडेलले बताए । चलचित्रमा हजुरबाहरुको कथालाई प्रस्तुत गरिएको कार्यकारी निर्माता सावित्राले जानकारी दिइन ।

‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ ।’ उनले थपिन ‘नुन, तेलको कहाँ जानुपर्दथ्यो र कति सम्म दुःख गर्थे भनेर देखाइएको छ ।’ यो चलचित्र एउटा मौलिक र उत्कृष्ट चलचीत्र बनेको कलाकार विराज विष्टले दाबी गरे ।

 फिल्म अन्य फिल्म भन्दा फरक र मौलिक बिषय बस्तु सहित बनेकोले सबैले मनपराउने उनको विश्वास छ । यो फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्ट्रि श्रेष्ठ लगाएतका कलाकारको मुख्य अभिनय छ ।

 चलचित्रमा तीन वटा गीत समावेश छन् । फिल्ममा छायांकन दिपसागरको रहेको छ । पुरानो पुस्तामा संगीत डमप्रकाश पुनको र शब्द रचना कृष्ण प्रसाद पौडेलको छ । प्रस्तुति: शंकर केसी, सल्यान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ