१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने दलको संख्या ११ पुग्ने दाबी

१८ फाल्गुन २०७९, बिहीबार १०:३०

फागुन १८, काठमाडौँ | राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका ८ दलले थप तीन दलको समर्थन पाउने दाबी गरेका छन् । ८ दलनिकट राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदको अभिमुखीकरण कार्यक्रमपछि नेताहरूले  संविधानप्रति प्रतिबद्ध उम्मेदवारको रूपमा रामचन्द्र पौडेललाई अगाडि सारिएको भन्दै ८ मात्रै होइन ११ दलले समर्थन गर्ने दाबी गरेका हुन् ।  बैठकपछि नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले पौडेलको पक्षमा धेरै मत खस्ने र सहजै जित्ने विश्वास आफूले गरेको बताए ।  


‘हाम्रा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत खसाल्ने विश्वास दिलाएको छु । विगतमा राष्ट्रपतिबाट के–के त्रुटि भए, के–के राम्रा कुरा भए यसबाट अब बन्ने राष्ट्रपतिले गम्भीर समीक्षा गरी जिम्मेवारी बहन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं,’ नेपालले भने । 

‘८ दलको प्रतिबद्धतामा हाम्रो वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । ८ दलमात्रै होइन ११ दलको समर्थन पुग्ने स्थिति छ भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ । अरू दलबाट पनि समर्थन प्राप्त हुन सक्छ,’ महतले भने, ‘अहिलेको लागि उपयुक्त पात्र पौडेल नै हो । संविधान रक्षाको लागि पनि प्रतिबद्ध हुनुहुन्छ । समर्थनको लहर वृद्धि हुने विश्वासमा छौं ।’  

बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले ८ दलमात्रै होइन ११ दलले राष्ट्रपतिमा समर्थन गर्ने बताए ।  लोकतन्त्र र प्रजातन्त्रका लागि निरन्तर संघर्ष र योगदान गरेको व्यक्तित्व भएकाले धेरै दलले समर्थन गरेको दाबी उनले गरे । राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि संविधानको भावना अनुसार भूमिका खेल्ने बताएको जानकारी महतले दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ