2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने दलको संख्या ११ पुग्ने दाबी

फागुन १८, काठमाडौँ | राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका ८ दलले थप तीन दलको समर्थन पाउने दाबी गरेका छन् । ८ दलनिकट राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदको अभिमुखीकरण कार्यक्रमपछि नेताहरूले  संविधानप्रति प्रतिबद्ध उम्मेदवारको रूपमा रामचन्द्र पौडेललाई अगाडि सारिएको भन्दै ८ मात्रै होइन ११ दलले समर्थन गर्ने दाबी गरेका हुन् ।  बैठकपछि नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले पौडेलको पक्षमा धेरै मत खस्ने र सहजै जित्ने विश्वास आफूले गरेको बताए ।  


‘हाम्रा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत खसाल्ने विश्वास दिलाएको छु । विगतमा राष्ट्रपतिबाट के–के त्रुटि भए, के–के राम्रा कुरा भए यसबाट अब बन्ने राष्ट्रपतिले गम्भीर समीक्षा गरी जिम्मेवारी बहन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं,’ नेपालले भने । 

‘८ दलको प्रतिबद्धतामा हाम्रो वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । ८ दलमात्रै होइन ११ दलको समर्थन पुग्ने स्थिति छ भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ । अरू दलबाट पनि समर्थन प्राप्त हुन सक्छ,’ महतले भने, ‘अहिलेको लागि उपयुक्त पात्र पौडेल नै हो । संविधान रक्षाको लागि पनि प्रतिबद्ध हुनुहुन्छ । समर्थनको लहर वृद्धि हुने विश्वासमा छौं ।’  

बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले ८ दलमात्रै होइन ११ दलले राष्ट्रपतिमा समर्थन गर्ने बताए ।  लोकतन्त्र र प्रजातन्त्रका लागि निरन्तर संघर्ष र योगदान गरेको व्यक्तित्व भएकाले धेरै दलले समर्थन गरेको दाबी उनले गरे । राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि संविधानको भावना अनुसार भूमिका खेल्ने बताएको जानकारी महतले दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै