२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आईसीसी लिग २: पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

२०७९, १९ फाल्गुन शुक्रबार ०९:२९

फागुन १९, काठमाडौँ | यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पीएनजी चार बल बाँकी रहँदा अलआउट हुँदै १७९ रनको योगफल तयार पारेको छ ।

पीएनजीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन योगदान गरे । उनले सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बल खेल्दै २ चौका र एक छक्का प्रहार गरे ।

अर्का ओपनर किप्लिन डोरिगा ४३ बलमा ३ चौका प्रहार गर्दै २६ रनमा पभेलियन फर्कंदा सेसे बाउ र कप्तान आसाद भालाले समान ११ रन योगदान गरे ।

हिरी हिरीले ३१ रन बनाउँदा गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट भए । नोर्मान भानुवाले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिएर दुई विकेट लिए ।

सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एकएक विकेट लिए ।

जारी श्रृंखलाको पहिलो खेलमा ४ विकेटले पीएनजीलाई पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा घरेलु टीम यूएईविरुद्ध ब्याटिङमा संघर्ष गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै