१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान फेरिन्छ र फ्याँकिन्छ पनि, देश र जनताको रक्षामा गठबन्धन हुनुपर्छ : राजेन्द्र लिङ्देन

२० फाल्गुन २०७९, शनिबार ०७:५०

फागुन २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने बताएका छन्। 

एमाले नेतृत्वको माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनमतको गठबन्धन तोडेर राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्ती पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग पुन : गठबन्धन गरेका छन्। यसका नेताहरूले संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँताइएको बताइरहेका छन् । प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाका अध्यक्ष लिङ्देनले दलहरूले संविधान होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्ने टिप्पणी गरेका हुन्। 

राष्ट्रपति निर्वाचनमा बनेको आठ दलीय गठबन्धनलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले नेपालमा दलहरु उल्टो दिशामा गइरहेको टिप्पणी गरेका छन्। उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नहुने स्पष्ट पारेका छन्। 

संविधानको रक्षाका लागि गठबन्धन भन्दै शनिबार बिहान सांसद लिङ्देनले ट्वीटरमा लेखेका छन्,‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी