१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

युवराज सफलको नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन

२० फाल्गुन २०७९, शनिबार ०९:३६

फागुन २०, काठमाडौँ | युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो ।

कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताउनुभयो । समाजवादी आन्दोलन हुँदै अन्तर्राष्ट्रिय समाजवादी सहयोग सङ्गठन बनाएर अघि बढ्ने उहाँको भनाइ छ । “मुलुकमा भएका भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै जनतालाई समाजवादी बाटोमा लैजाने र समृद्ध राष्ट्र निर्माण गर्ने हाम्रो उद्देश्य हो”, संयोजक सफलले भन्नुभयो । 

बैंक तथा वित्तीय संस्थाले दिने सेवासुविधाबाट नागरिक सन्तुष्ट नभएकाले उनीहरुको मर्म र भावनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सम्बन्धित निकायलाई नवगठित मोर्चाले आग्रह गरेको छ । भान्सामा प्रयोग हुने कृषि तथा तरकारीजन्य वस्तुको गुणस्तर जाँच गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन मोर्चाको माग छ । 

नवगठित मोर्चाको सचिवालय सदस्यमा क्रमशः सुशील नाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, वासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ र गणेश ढकाल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी