२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केही भुत प्रेतहरु बाटामा निक्लिँदैमा केही हुँदैन- प्रचण्ड

२०७९, २१ फाल्गुन आईतवार ०८:३६

फागुन २१, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै केही भुत प्रेतहरु  बाटामा निक्लिदैमा केही नहुने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले केही भुत प्रेत निक्लिँदैमा इतिहास र त्यागको  कीर्तिमान कायम गरेका महान सहिदहरु नसिद्धिने जिकिर गरे ।

‘सरकारको तर्फबाट जनयुद्ध जनआन्दोलनलाई र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र वेपत्ता योद्धाहरुलाई सम्मान गर्ने एकपछि अर्को गर्दै अघि बढेको छ’ प्रचण्डले भने, ‘त्यसमा प्रक्रियावादीहरु कहीँ न कहीँ आतंकित भएका छन् । तिनीहरु फेरि एकपटक माओवादीबाट तर्सिएका छन् । माओवादीका नाममा तथानाम गाली गजौज गर्ने

विभिन्न खालका षड्यन्त्र गर्ने बदनाम गर्दै छन् ।’ माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्नो तर्फबाट भ्रमहरु चिर्न प्रचण्डले सबैलाई आग्रह गरे । ‘प्रतिक्रियावादीहरु रणनीतिक भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले त्यसको भर्म चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो’ उनले भने, ‘माओवादी एक  ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद वेपत्ताको सपना र भावनाहरुलाई पुरा गर्ने संकल्प गर्ने हो भने त्यो विजयको दिन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै