२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओखलढुंगा दुर्घटना : गम्भीर घाइते १० जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

२०७९, २१ फाल्गुन आईतवार ०९:३४

फागुन २१, काठमाडौँ | बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका १० जनालाई हेलिकप्टरमार्फत काठमाडाैँ पठाइएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका- ३ दियालेस्थित राउटार भन्ने ठाउँमा आज (आईतबार) बिहान ना १ ज ८४७३ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

दियालेबाट यात्रुहरु लिएर ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जीप अचानक अनियन्त्रित भई दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र सोही ठाउँका ७० बर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।


दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका १० जनालाई उद्धार गरी दुई पटकमा हेलिकप्टरमार्फत काठमाडाैँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपकबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाईतेहरु चिसंखुगढी- ३ दियालेका चालक २५ पर्षीय सुमन कार्की, सोही ठाउँका २६ वर्षीया शर्मिला श्रेष्ठ, ४० वर्षीय केन्द्रबहादुर कार्की र चिसंखुगढी- १ कुईभिरका २२ पर्षीय खेमबहादुर खत्रीलाई उपचारका लागि काठमाडाैँ पठाइएको हाे ।

त्यसपछि पुनः अर्को हेलिकप्टरमा सिद्धिचरण नगरपालिका- १० बेतिनीका ४० वर्षीया तुलसा धमला, उनकै २ वर्षीय छोरा विनय धमला, चिसंखुगढी- ३ दियालेकी ५० वर्षीया तिर्थलक्ष्मी श्रेष्ठ र सोहि ठाउँकी १३ पर्षीया आयुषा श्रेष्ठ, ४ वर्षीया लरिसा श्रेष्ठ तथा चिसंखुगढी गापा- २ का ५७ वर्षीया तिलकुमारी श्रेष्ठलाई उपचारका लागि काठमाडाैँ पठाइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका मोलुङ गाउँपालिका- १ का ३५ वर्षीया जानुका धमला र उनका ४ वर्षे छोरा कोशिस धमलालाई एम्बुलेन्समार्फत उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाएएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

सडकमा गुडिरहेको जिप अचानक अनियन्त्रित हुँदा सडकबाट झन्डै १ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको अहिले काठमाण्डौस्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको  छ । उनीहरुमध्ये अधिकांशको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ