2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान जमानतमा छुटे

फागुन २१, काठमाडौँ | भारतीय अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान मोहम्मद खान जमानतमा छुटेका छन्। 

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार उनी पक्राउ परेको ७० दिनपछि जमानतमा छुटेका हुन्। शनिबार उनलाई वसईको एक अदालतले १ लाख भारू धराैटीमा जमानत दिएको हो।

अदालतले उनलाई आफ्नाे पासपाेर्ट बुझाउन र अनुमतिबिना देश बाहिर नजान आदेश दिएकाे छ। 

तुनिशाले २४ डिसेम्बरमा सुटिङ सेटमै आत्महत्या गरेकी थिइन्। उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए। 

तुनिशाका परिवारले खानविरुद्ध आत्महत्या दुरूत्साहन कसुरमा उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यस केसमा प्रहरीले खानसहित १८ जनासँग सोधपुछ गरेको थियो जसमा तुनिशाको नजिकका साथी सामेल थिए। 

चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो।

उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।

उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ’बार–बार देखो’ र ’दबंग ३’ मा समेत अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह