२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अमिताभ बच्चन हैदराबादमा फिल्मको सुटिङको क्रममा घाइते

२२ फाल्गुन २०७९, सोमबार ०५:२३

फागुन २२, काठमाडौं | अमिताभ बच्चन हैदराबादमा सुटिङको क्रममा घाइते भएका छन् । उनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका हुन् । अमिताभ हाल मुम्बईमा आफ्नो घरमा आराम गरिरहेका छन् । अमिताभ बच्चन प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङ गरिरहेका थिए । एक एक्सन सिनका बेला उनको करङमा चोट लागेको छ । हैदराबादमा चेकअपपछि अमिताभलाई मुम्बई पठाइएको छ ।

अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखे, ‘रिब केजमा मांसपेशी फुटेको छ । सुटिङ रद्द गरिएको छ । पट्टी बाँधिएको छ र उपचार चलिरहेको छ । असाध्यै दुखिरहेको छ । हिँड्न–डुल्न समस्या भइरहेको छ । सास फेर्न पनि समस्या भइरहेको छ । यो पीडाका लागि मलाई केही औषधी दिइएको छ । निको हुन अझै केही समय लाग्नेछ ।’

अमिताभ बच्चनले लेखे, ‘म निको नभएसम्म मेरो सबै कामकाज बन्द गरिएको छ । म जालसामा आराम गरिरहेको छु । आवश्यक चिजका लागि थोरै हिँड्नेछु । हो, आराम त चलिरहन्छ । मलाई यो भन्न समस्या भइरहेको छ कि म जालसाको आफ्नो गेटमा आफ्ना प्रशंसकलाई भेट्न सक्छु वा सक्दिनँ । तपाईँहरूले जालसा आउने योजना बनाइरहेका मानिसहरूलाई पनि यसबारे जानकारी दिनुहोस् । यसबाहेक सबै कुरा ठिक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल