-भूमिराज शर्मा
आफैलाई ठेस लाग्ने, ढूंगो फाल्दैन मान्छे ।
सुन्दर फूल मन पार्छ, पानी हाल्दैन मान्छे ।।
पहिले टालोमाथि टालो, हाली सिउने गर्थ्यो ।
अहिले च्यात्छ प्वाल पार्छ, तर टाल्दैन मान्छे ।।
मरीमरी काम गर्थ्यो, स्वाबलम्बी बनेकोथ्यो ।
अहिले गफमात्र गर्छ, सिन्को ढाल्दैन मान्छे ।।
हिजो सडक चौतारो, पोखरी आफै खन्थ्यो ।
समाज सेवातिर आज, पाइला चाल्दैन मान्छे ।।
अतिथि देबो भवस्भन्थ्यो, सत्कार कति गर्थ्यो ।
बेफुर्सदको बहाना पार्छ, पाहुना पाल्दैन मान्छे ।।
देउपुर पर्वत