१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एमालेका दुई सचिव प्रचण्डको पक्षमा !

२४ फाल्गुन २०७९, बुधबार ०६:३९

फागुन २४, काठमाडौँ | नेकपा एमालेका दुईजना पदाधिकारीले द्वन्द्वकालीन मुद्दाहरू अदालतमा दर्ता गरे त्यसले जटिलता थप्ने बताउँदै पूर्व कमान्डर प्रचण्डको बचाउ गरेका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष अघि बोलेको कुरालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि उनीहरूको यो धारणा बाहिर आएको हो।


एमाले सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्टले विस्तृत शान्ति सम्झौता विरुद्ध गए अर्काे द्वन्द्व सुरु हुने भन्दै अदालतमा मुद्दा दर्ताको विषयलाई विस्तृत शान्ति सम्झौताको मर्म विपरित भएको भनेका छन्। उनीहरूले सार्वजनिक अभिव्यक्ति दिन थाले पनि एमाले पार्टी भने यो विषयमा केही नबोल्ने पक्षमा देदेखिन्छ।

प्रधानमन्त्री प्रचण्डका विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । यो विषयमा माओवादी धारका पूर्व नेताहरूले सशक्त प्रतिवाद गरेका छन्। नेपाली कांग्रेसले पनि त्यसलाई गलत भनेको छ भने नेकपा एमाले मौन छ।

तर, पार्टी मौन बस्दा पनि पार्टीका सचिवद्वयय रायमाझी र भट्ट भने बोलेका छन्। तर, एमालेका उपाध्यक्ष रहेका जनयुद्धका अर्का कमान्डर रामबहादुर थापा बादल भने यो विषयमा चुप छन्।

माओवादी धारका नेताहरू प्रचण्डसहित डा.बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, गोपाल किराँती, आहुतीलगायत नेताहरूले यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी