१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंको कालोमोसाे अभियानका केन्द्रीय संयाेजक शम्भु थापा पक्राउ

२४ फाल्गुन २०७९, बुधबार ०७:४५

फागुन २४, काठमाडौँ | झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘कालोमोसो’ अभियानका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन्।

थापा मंगलबार चितवनबाट पक्राउ परेका हुन्। उनलाई बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाएकाे आराेपमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएकाे छ।

संयोजक थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए। साेही कारण उनी पक्राउ परेका हुन्।

दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थालाई ‘शत्रु’को संज्ञा दिँदै आएका छन्। उनले फागुन १३ गते चितवनमा गरेकाे सभामा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई मोसो दल्ने घोषणा गरेका थिए। साेही सभामा शम्भु कालाेमाेसाे दस्ताकाे संयाेजक बनेका थिए।

यता, धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानले थापालाई रिहाइ गर्न आग्रह गरेकाे छ। रिहाइ नगरे आन्दाेलन थाल्ने चेतावनी पनि अभियानले दिएकाे छ।

यही फागुन १ गते जनयुद्ध दिवसको दिन प्रसाईंले पूर्वराजपरिवार सहभागी गराएर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानकाे सुरुवात गरेका थिए। व्यवसायी प्रसाईंले नेकपा एमाले परित्याग गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस