२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंको कालोमोसाे अभियानका केन्द्रीय संयाेजक शम्भु थापा पक्राउ

२०७९, २४ फाल्गुन बुधबार ०७:४५

फागुन २४, काठमाडौँ | झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘कालोमोसो’ अभियानका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन्।

थापा मंगलबार चितवनबाट पक्राउ परेका हुन्। उनलाई बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाएकाे आराेपमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएकाे छ।

संयोजक थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए। साेही कारण उनी पक्राउ परेका हुन्।

दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थालाई ‘शत्रु’को संज्ञा दिँदै आएका छन्। उनले फागुन १३ गते चितवनमा गरेकाे सभामा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई मोसो दल्ने घोषणा गरेका थिए। साेही सभामा शम्भु कालाेमाेसाे दस्ताकाे संयाेजक बनेका थिए।

यता, धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानले थापालाई रिहाइ गर्न आग्रह गरेकाे छ। रिहाइ नगरे आन्दाेलन थाल्ने चेतावनी पनि अभियानले दिएकाे छ।

यही फागुन १ गते जनयुद्ध दिवसको दिन प्रसाईंले पूर्वराजपरिवार सहभागी गराएर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानकाे सुरुवात गरेका थिए। व्यवसायी प्रसाईंले नेकपा एमाले परित्याग गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति