असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बत"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले भारतसँग गरेको सहमति देशहित विपरीतः अध्यक्ष वैद्य

५ आश्विन २०७३, बुधबार १३:१४

असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बताएका छन्  । 

आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष वैद्यले भारतलाई संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका लागि सहयोग गर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतलाई कार्यान्वयन गर्ने सहमति देशहित विपरीत रहेको जिकिर गरे । उनले भने-, “विगतमा भारतसँग भएका सम्पूर्ण सन्धि, सम्झौता खारेज गरेर नयाँ आधारमा नयाँ सम्झौता गर्नुपर्नेमा पुराना सन्धि, सम्झौतालाई कार्यान्वयनमा लैजाने सम्झौता गरेर आउनु दुर्भाग्यपूर्ण हो ।” 

आफ्नो पार्टीले संविधानलाई अस्वीकार गरेको र आफूहरुमात्रै वास्तविक रुपमा प्रतिपक्षी पार्टी भएको उनको जिकिर थियो । माओवादी लडाकुको शिविरमा भएको अनियमितताबारे आफूहरुलाई थाहा नभएको वैद्यको भनाइ थियो । उनले भने-, “शिविरको रकमबारे हामीलाई थाहा छैन, हामी नेतृत्वमा नभएकाले त्यो विषय माओवादी केन्द्रलाई नै बढी थाहा छ ।” 

माओवादी केन्द्रले संसद्वादलाई स्वीकार गरेको र आफूहरुले त्यसलाई स्वीकार गर्न नसकेकै कारण पार्टी एकता हुन नसकेको उनको प्रष्टोक्ति थियो । उनले भने-, “पार्टी एकताको लागि मैलेपनि धेरै प्रयास गरेको हो, तर विचार र सिद्धान्तमा कुरा नमिलेपछि एकता हुन सकेन ।” 

भविष्यमा माओवादी केन्द्रसँग एकताको सम्भावना अझै रहेको स्वीकार गर्दै उहाँले तत्कालै सो पार्टीसँग एकताको सम्भावना नरहेको बताए । 

परिस्थिति हेरेर चुनावमा भाग लिने 

अध्यक्ष वैद्यले सिपी गजुरेलको नेतृत्वमा पार्र्टीले गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा परिस्थिति हेरेर चुनावमा भाग लिने  बताए । उनले भने-, “आवश्यकताअनुसार चुनावलाई समेत उपयोग गर्ने नीति लिएका छौँ, तर आन्दोलनलाई अगाडि बढाउने अवस्था आए बहिस्कार गरेर जान्छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ