२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनः मतदान सकियो, संघीय संसदका ३१३ जनाले हाले भोट

२०७९, २५ फाल्गुन बिहीबार ०९:३२

फागुन २५, काठमाडौँ | राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। 

बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको हो। 

राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान सकिएसँगै मतगणना कार्य शुरू गर्ने र साँझ ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३१३ जनाले भाग लिएका छन्। ​प्रदेशसभा सदस्य ५५० मतदाता छन्। तर ५१८ जनाले मात्र मतदान गरेका छन्। 

७ जनाले पाएनन् मतदान प्रक्रियामा भाग लिन

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभाका भने ७ जना सांसदले विभिन्न कारणले भोट दिए पाएनन् । बिरामी, निलम्बन, मुद्दा, तटस्थ र रिक्तता र मृत्युका कार उनीहरूले भोट दिन नपाएका हुन् ।

नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले भोट दिन पाएनन् ।

प्रतिनिधिसभामा गुल्मीबाट जितेका चन्द्र भण्डारी आगलागीमा परी घाइते भएपछि भारतको मुम्बईमा उपचाररतः छन् । यसैले पनि उनले पनि मतदान गर्न पाएनन् । माओवादी सांसद वर्षमान पुन पनि बिरामी भएका कारण चीनमा उपचाररत छन् । जसपाकी सांसद शहनाज रहमानको मृत्यु भएको थियो । एमालेका सांसद लक्ष्मी कोइरीलाई मुद्दा लागेकाले मतदान गर्न पाएनन् । मनाङबाट चुनाव जितेको कांग्रेस सांसद टेकबहादुर गुरुङलाई पनि मुद्दा लागेकाले उनले पनि भोट दिन पाएनन् ।

नेमकिपाका सांसद प्रेम सुवाल भने भोट नदिई तटस्थ बसेका छन्। यसैगरी राप्रपाका १४ सांसद राष्ट्रपति निर्वाचनमा सहभागी नै भएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति