१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनः मतदान सकियो, संघीय संसदका ३१३ जनाले हाले भोट

२५ फाल्गुन २०७९, बिहीबार ०९:३२

फागुन २५, काठमाडौँ | राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। 

बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको हो। 

राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान सकिएसँगै मतगणना कार्य शुरू गर्ने र साँझ ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३१३ जनाले भाग लिएका छन्। ​प्रदेशसभा सदस्य ५५० मतदाता छन्। तर ५१८ जनाले मात्र मतदान गरेका छन्। 

७ जनाले पाएनन् मतदान प्रक्रियामा भाग लिन

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभाका भने ७ जना सांसदले विभिन्न कारणले भोट दिए पाएनन् । बिरामी, निलम्बन, मुद्दा, तटस्थ र रिक्तता र मृत्युका कार उनीहरूले भोट दिन नपाएका हुन् ।

नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले भोट दिन पाएनन् ।

प्रतिनिधिसभामा गुल्मीबाट जितेका चन्द्र भण्डारी आगलागीमा परी घाइते भएपछि भारतको मुम्बईमा उपचाररतः छन् । यसैले पनि उनले पनि मतदान गर्न पाएनन् । माओवादी सांसद वर्षमान पुन पनि बिरामी भएका कारण चीनमा उपचाररत छन् । जसपाकी सांसद शहनाज रहमानको मृत्यु भएको थियो । एमालेका सांसद लक्ष्मी कोइरीलाई मुद्दा लागेकाले मतदान गर्न पाएनन् । मनाङबाट चुनाव जितेको कांग्रेस सांसद टेकबहादुर गुरुङलाई पनि मुद्दा लागेकाले उनले पनि भोट दिन पाएनन् ।

नेमकिपाका सांसद प्रेम सुवाल भने भोट नदिई तटस्थ बसेका छन्। यसैगरी राप्रपाका १४ सांसद राष्ट्रपति निर्वाचनमा सहभागी नै भएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल