Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोरोनाजस्तै फैलिँदै H3N2 इन्फ्लुएन्जा: लक्षणहरु के-के हो ? कसरी बच्न सकिन्छ ?

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौँ | चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् ।

एम्सका पूर्व निर्देशक डा. रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन् । वृद्धवृद्धाका साथै पहिले नै अन्य रोगबाट ग्रसितहरुलाई यसले समस्या सिर्जना गर्न सक्ने उनीहरुको चेतावनी छ ।

त्यस्तै, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि सोमबार स्वास्थ्य विज्ञहरुसँग एचथ्रीएनटु इन्फ्लुएन्जाको बढ्दो मामिलाबारे छलफल गरेको छ । छलफलमा विज्ञहरुले देशमा कोरोनाका केसहरु कम भए पनि इन्फ्लुएन्जाका केसहरु बढिरहेको बताएका थिए । उनीहरुले प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरुका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चेतावनी दिएका थिए ।

पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहित कयौँ क्षेत्रमा इन्फ्लुएन्जको मामिला बढिरहेका छन् । कोरोनापछि फ्लुका केसहरु बढेसँगै मानिसहरु डराएका छन् । किनभने यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको छ ।

हालै इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएनटु (H3N2)  सब–टाइपका कारण हुने फ्लुको सङ्क्रमण भारतमा उच्च देखिएको छ ।

यो भाइरसमा कोभिड–१९ जस्तै लक्षण देखिँदै छन् जसले सबै उमेरका मानिसलाई असर गर्छ ।

भाइरोलोजिस्टका अनुसार वायु प्रदूषणका कारण यो भाइरस थप तीव्र रूपमा फैलिन सक्छ ।

के हो एचथ्रीएनटुको लक्षण

– ज्वरो

– कफ

– वाकवाकी लाग्नु

– घाँटी दुख्नु

– जिउ दुख्नु

– थकान

– आन्द्रा सुन्निने लगायत दिसामा रगत देखिनु

यसका साथै यदि सास फेर्न समस्या वा लगातार ज्वरो आइरहेको छ, छाती दुखिरहेको छ, खाना खान समस्या भइरहेको छ, रिँगटा  लागिरहेको छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

एचथ्रीएनटु सङ्क्रमणबाट जोगिनका लागि कस्तो सावधानी अपनाउनुपर्छ ?

इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आइसीएमआर) का अनुसार कमजोर प्रतिरोधी क्षमता भएका जस्तै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूमा यसको गम्भीर लक्षण देखिन सक्छ ।

– पल्स अक्सिमिटरको मद्दतले लगातार अक्सिजन लेभलको परीक्षण गरिरहनुहोस् ।

– यदि अक्सिजन सेचुरेसनको लेभल ९५ प्रतिशतभन्दा कम छ भने तत्काल डाक्टरलाई देखाउनुहोस् ।

– यदि अक्सिजन सेचुरेसनको लेभल ९० प्रतिशतभन्दा कम हुन्छ भने इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ ।

– आफैँ औषधी खानु खतरनाक हुनसक्छ ।

– यदि बालबालिका र ज्येष्ठ नागरिकमा ज्वरो र कफजस्तो समस्या छ भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुहोस् ।

सङ्क्रमण भाइरसका कारण हुने भएकोले इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अनुसार एन्टिबायोटिकको कुनै आवश्यकता पर्दैन किनभने एन्टिबायोटिक ब्याक्टेरियामा मात्रै प्रभावकारी हुन्छ ।

एचथ्रीएनटुको सङ्क्रमणलाई कसरी रोक्ने ?

आइसीएमआरले सङ्क्रमण रोक्ने उपायबारे जानकारी दिएको छ । यसमा धेरैजसो ती उपाय नै बताइएको छ जसलाई कोरोना महामारीका बेला लगातार अपनाउन सल्लाह दिइन्थ्यो ।

एचथ्रीएनटु भाइरससँग बच्नका लागि के कस्ता कुरा अपनाउनुपर्छ भन्ने कुरा आइससीएमआरले सल्लाह दिएको छ ।

एचथ्रीएनटुबाट बच्न

– फेस मास्क

– साबुन पानीले हात धुने

– भिडभाडबाट बच्ने

– हाच्छ्युँ गर्ने बेला नाक–मुख ढाक्ने

– आँखा, नाक छुनबाट बच्नुहोस्

– अत्यधिक पानी पिउनुहोस्

– ज्वरो, जिउ दुख्ने भएमा प्यारासिटामोल लिनुहोस्