२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

उडिरहेको विमानमै यात्रुको मृत्यु भएपछि…

२९ फाल्गुन २०७९, सोमबार ११:३८

फागुन २९, काठमाडौँ | भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ । 

मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा रहेको मेडिकल टीमले ती यात्रुलाई मृत घोषणा गरेको हो । 


उडानकै क्रममा ती यात्रुको स्वास्थ्य अचानक बिग्रिएको थियो । 

त्यसपछि विमानका पाइलटले कराची विमानस्थललाई मेडिकल इमर्जेन्सी परेको भन्दै अवतरणको अनुमति मागेका थिए । कराची विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले उक्त अनुमति दिएका थिए । 

सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा अन्य यात्रीलाई गन्तव्यमा पुर्‍याउनका लागि पहल गरिएको इन्डिगो एयरलाइन्सले जनाएको छ । 

मृत व्यक्ति नाइजेरियाका ६० वर्षीय अब्दुल्ला भएको बताइएको छ । पाकिस्तान नागरिक उड्डयन प्राधिकरण र नेशनल इन्स्टिच्युट अफ हेल्थले यात्रुको मृत्यु प्रमाणपत्र जारी गरेको पाकिस्तानको एआरवाई न्युजले खबर दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो