पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको सेवाबाट पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।

बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।

गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि सेवाबाट हटाइएको आज मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।