असोज १३, काठमाडौँ | पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला पछि भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौँ | पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला पछि भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खो"/>
2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्क राष्ट्रबाट पाकिस्तानलाई एक्ल्याउन यस्तो खेल खेल्दैछ भारत

असोज १३, काठमाडौँ | भारत पाकिस्तानबीच युद्ध हुन सक्ने देखेर भारतले दक्षिण एसियालाई शक्तिहरुलाई आफ्नो पक्षमा पार्न ठुलै कसरत गरेको छ | उसले पछिल्लो समय पाकिस्तान बाहेकका सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न बिभिन्न सम्झौता गरेको कुराबाट पनि भारत नीतिबारे स्पष्ट हुने आधार जुटेको छ |

यसैबीच पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला लगत्तै भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खोजिरहेको छ | उसले पाकिस्तानकै कारण सार्कमा आफ्नो हैसियत तल झार्न बाध्य भएको बुझेर त्यहि अनुसार सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई एक्ल्याउने षड्यन्त्र रचेको पाकिस्तानको बुझाई रहेको छ | 

पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरिसकेको भारतले भारतकै गोवामा आउँदो १६ अक्टोबरमा हुने ब्रिक्स-बिआईएमएसटीईसी बैठकमा अफगानिस्तान र माल्दिभ्सलाई बोलाउन सक्ने एक सुत्रले जनाएको छ | स्रोतका अनुसार भारत आफ्नो यस नयाँ मिसनमा सफल बनेको अवस्थामा पाकिस्तान असक्षम् हुने भारतको बिश्वास छ | उसको बुझाईमा पाकिस्तानले पछिल्लो समय सार्क मुलुकलाई आफ्नो पक्षमा लिन कसरत गर्दै आएको छ | यता सार्क राष्ट्रसँग सम्बन्ध बिग्रिएको बुझेर भारतले पछिल्लो दुई बर्षदेखि सार्क राष्ट्रहरुलाई नजिक बनाउनको लागि निरन्तर प्रयास गर्दै आएको छ | यसै शिलशिलामा भारतले २०१५ मा बंगलादेश-भुटान-इन्डिया-नेपाल (बीबीआईएन) मोटर भेईकल्स एग्रिमेन्ट गरेको छ | उसले सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई युद्धबिनानै तह लगाउने नीति लिएको स्पष्ट देखिएको पाकिस्तानको बुझाई छ | 

एक सुत्रका अनुसार भारतको बुझाईमा सार्कलाई सन्चालन गर्न पाकिस्तान स्पष्ट बाधक बनेको छ | भारतले पाकिस्तानलाइ सार्क राष्ट्रबाट अलग वा एक्ल्याउनको लागि बिशेष गरि बंगलादेश, भुटान, नेपाल र अफगानिस्तानलाई आफ्नो पक्षमा लिन निरन्तर कोसिस गरेको छ | त्यस्तै केहि समय अघि नेपालबाट भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई भब्य स्वागत गर्नु तथा बिभिन्न सम्झौता गर्नुमा पनि भारतको त्यहि स्वार्थ रहेको बुझ्न सकिन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई