सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा"/>

2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा दलालीले झुक्याएर बेचे जग्गा

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा ३ धुरको जग्गा झुक्याएर विक्रि गरिएको पाइएको छ ।

असोजको १२ गते जिल्ला मालपोत कार्यालय दाङ वाट सतवरीया गाविस वडा नं. ५ निवासी डिल बहादुर चौधरीकी श्रीमती लोचन देवी चौधरीको नाममा पास भएको छ ।

जग्गा विक्रि गर्ने मुख्य भुमिकामा मन्टुराम चौधरीका दाजु कालीराम चौधरी(कमल) र सतवरीयाका खगेन्द्र चौधरी रहेको स्रोतले वताएको छ । तर, कालीराम चौधरीले(कमल) जग्गा विक्रि गर्ने काममा आफुले केही भुमिका नखेलेको र थाहा नभएको दावी गरेका छन् । जग्गा विक्रि गर्ने राजीनामा पत्रमा नितेश चौधरी र दिनेश चौधरी साँची वसेको पाइएको छ । 

साँची वस्ने ब्यक्तिको वारेमा पूर्ण जानकारी आएको छैन् । जग्गा दलालीले ललाई फकाई मन्तुराम चौधरीको जग्गा विक्रि भएको, प्लटीङ्ग गरेर विक्रि गर्ने योजना अनुसार सो जग्गाको कारोवार भएको वुझीएको छ । विक्रि भएको जग्गा लमही नगरपालीका देखी पश्चिम क्षत्रेमा पर्छ । डिल बहादुर चौधरीले ११ लाख रुपैयाँमा सो जग्गा खरिद गरेको दावी गरे । 

जग्गा विक्रि गरे देखी मन्टुराम चौधरी सम्पर्कमा छैनन् । मन्टुरामका जेठान पुरन प्रसाद चौधरीले जग्गा दलालीले झुक्याएर जग्गा विक्रि गरिएको र सो जग्गा संरक्षणको माग गरेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी समक्ष समेत निवेदन दिएर जग्गा संरक्षणको माग गरिएको छ तर, अहीले सम्म कुनै सुनुवाई भएको छैन् । प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालयमा, जिल्ला प्रहरी कार्यालयले वडा प्रहरी कार्यालय लमहीमा छलफल राखेर समस्याको समाधान गर्न भनेपनि वडा प्रहरी कार्यालय लमहीले छलफल राखेको छैन् ।

रक्सी खुवाउदै जस्ले जे भन्छ त्यही काम गर्ने स्वभाव भएका मन्तुराम चौधरीलको ब्यवहार वाट आजित उहाँकी श्रीमती एलीना चौधरीले २०६६ सालमा अंशको माग गर्दै अदालतमा मुद्धा दिनु भएको थियो । तर, मानसीक रोगको उपचार गर्ने क्रममा अदालतको तारेख भेट्न नसक्दा मुद्धा अलपत्र थियो । 

अदालतमा मुद्धा परेपछी जग्गा रोक्का थियो । विक्रि गर्दा जग्गा फुकुवा हुनु पर्ने भएपछी एलीनालाई झुक्याएर रोक्का जग्गा फुकुवा गराईएको छ । ‘रोक्का जग्गाको म्याद आज मात्र छ भन्दै म्याद थप गर्न जाम भनेर लगेर रोक्का जग्गा फुकुवा गराएको छ ।’ असोज ११ गते रोक्का जग्गा फुकुवा गरिएको छ र फुकुवा भएको अर्काे दिन १२ गते जग्गा पास गरिएको छ ।

     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई