कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । नेपाल बैङ्क लिमिटेड बुर्तिबाङ साखाले गत आर्थिक बर्षमा १ करोड १८ लाख नाफा गरेको छ । 

बैङ्कले ग्राहकको चाहना अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । नेपाल बैङ्क लिमिटेड बुर्तिबाङ साखाले गत आर्थिक बर्षमा १ करोड १८ लाख नाफा गरेको छ । 

बैङ्कले ग्राहकको चाहना अनु"/>

2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपाल बैङ्क बुर्तिबाङको नाफा १ करोड १८ लाख


कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । नेपाल बैङ्क लिमिटेड बुर्तिबाङ साखाले गत आर्थिक बर्षमा १ करोड १८ लाख नाफा गरेको छ । 

बैङ्कले ग्राहकको चाहना अनुसारका सेवा विस्तार गरि सरल तथा गुणस्तरिय सेवा दिएका कारण ग्राहक सँगै कारोवार बढेपछि नाफा पनि धेरै भएको साखा प्रवन्धक सुरज घिमिरेले जानकारी दिनुभयो । 

नेपालकै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८० औँ बर्ष प्रवेश गरेको अवसरमा गरिएको जन्मोत्सव विशेष कार्यक्रममा घिमिरेले बुर्तिबाङ साखा अहिले नाफामुलक अवस्थामा रहेको जानकारी दिनुभएको हो ।   

आर्थिक बर्ष २०७०÷७१ म ४८ लाख घाटा व्यहोरेको बैङ्कले ७१÷७२ मा १८ लाख नाफा गरेको थियो । आर्थिक बर्ष ७१÷७२ को तुलनमा गत आर्थिक बर्षमा १ करोड धेरै नाफा भएको साखा प्रबन्धक घिमिरेले बताउनुभयो  । 

सशस्त्र द्वन्द्वको समयमा असुरक्षाका कारण विस्थिापित भएको बुर्तिबाङ साखाले अहिलेसम्मकै धेरै नाफा गरेको हो । बैङ्कले बागलुङको विकट ठाउँ निर्वाचन क्षेत्र नम्बर–३ का साना तथा मझौला व्यवसायिलाई ३२ करोड ८४ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप १० करोड ६० लाख रहेको छ ।  

‘हामीले राष्ट्र बैङ्कको नीती अनुसार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेका छौँ ।’ प्रबन्धक घिमिरेले भन्नुभयो, ‘कृषि पेशालाई व्यवसायिकरण गर्नुपर्छ भनेर निसी र बोबाङ जस्ता दुर्गम ठाउँमा समेत लगानी गरिएको छ ।’ 

पछिल्लो पटक सुरु भएको कृषि कर्जा अन्तरगत बैङ्कले २० लाख भन्दा धेरै लगानी भईसकेको बैङ्कले जनाएको छ । 

नेपाल बैङ्कले बुर्तिबाङमा सञ्चालित सरकारी कार्यालय तथा उद्योगि व्यवासायीको माग अनुसार राजस्वको रकम पनि लिईरहेको छ । ‘नेपाल बैङ्क सुनचाँदी धितो राखेर कर्जा प्रवाह गर्ने बुर्तिबाङको एक मात्र बैङ्क हो ।’ घिमिरेले भन्नुभयो, ‘बैङ्कमा खाता खोलेर निजामती कर्मचारी, शिक्षक तथा सेना प्रहरी सवैले आफ्नोे पेनसन सजिलै लिन सक्छन् ।’

चियापान तथा भेटघाट कार्यक्रममा बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष तुलसिराम अर्याल, नेपाली काँग्रशका शालिकराम शर्मा, नेकपा एमालेका टंक पौडेल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तमाणी शर्मा, रेडियो बुर्तिबाङका ईश्वरीप्रसाद पौडेल, सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, निसीभुजी जनता क्याम्पसका क्याम्पस प्रमुख कृष्णकान्त आचार्य, देविस्थान माविका प्रधानाध्यपक किरण पौडेल र बुर्तिबाङ आयुर्वेद औषधालयका प्रमुख हरिलाल पाध्यले आ–आफ्नै धारणा राख्नुभएको थियो । कार्यक्रम शाखा प्रवन्धक सुरज घिमिरेको अध्यक्षता, गाविन्द थापाको स्वागत मन्तव्य र रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

बैङ्कले बार्षिकोत्वको अवसरमा उत्तरगंगा मावि बुर्तिबाङका अपाङ्गाता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई