2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलंकी चोकमा चारैतिरबाट घेरेर के बनाइदैछ ? (हेर्नुहोस् १२ तश्विर)

मङ्सिर २१, काठमाडौं | काठमाडौंको अति व्यस्त चोक कलंकीमा पछिल्लो समय जहिले पनि जाम पर्ने गरेको छ । त्यसो त केहि बर्ष अघिमात्र कलंकी चोकमा हालिएको आकासे पुल समेत भत्काइएको छ । साथै कलंकीको व्यस्त सडकको बीचमा चारैतिरबाट जस्ताले घेरिएको छ । जसको कारण अहिले कलंकीमा दैनिक निकै लामो समयसम्म जाम पर्ने समस्या छ । खासमा कलंकीमा के गर्न खोजिएको छ त ?

तलको नमूना तश्विरमा जस्तै कलंकीमा ‘अन्डर पास’ रोड निर्माण गर्नेगरी नयाँ अत्याधुनिक संरचना बनाउने गरि कलंकीमा तीब्र गतिमा काम भईरहेको छ । जुन नेपालकै पहिलो नमुना ‘अन्डर पास’ रोड हुनेछ । चत्रपथ विकास आयोजना अन्तर्गत यो ‘अन्डर पास’ रोड निर्माण चीनको कम्पनीले तिब्र गतिमा अघि बढाईरहेको छ । त्यहाँ काममा खटिएका एक जना चिनिया कामदारले अबको डेढ देखि दुई बर्षमा कलंकीमा ८ सय मिटर लम्बाइको नेपालकै पहिलो ‘अन्डरपास रोड’ रोड निर्माण गर्ने गरि काम गर्दै आएको साझा सबाललाई बताए । 

यो निर्माणसँगै कलंकीमा हुने दैनिक जाम र ट्राफिक समस्या हट्नेछ । साथै अन्तराष्ट्रिय स्तरको अन्डरपास रोड समेत निर्माण हुनेछ । आयोजनका निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार यो आयोजना २०१८ को जुलाईसम्ममा निर्माण पूरा गरिसक्ने लक्षका साथ अघि बढाईएको छ । यसको निर्माणसँगै चक्रपथमा गुड्ने कुनैपनि सवारी साधन कलंकीमा रोकिनुपर्ने छैन भने अरु स्थानमा जाने सवारीहरु पनि सहज रुपमा आवतजावत गर्न सक्नेछन । त्यस्तै नयाँबसपार्कपट्टिबाट कलंकी चोक हुँदै थानकोट तर्फ जाने सवारी साधन र थानकोटपट्टिबाट बल्खुतर्फ जाने सवारीहरु समेत बिना रोकतोक आवतजावत गर्न सक्नेछन् । 

निर्माण हुँदै गरेको स्थानको १२ तश्विरहरु तल हेर्नुहोस 

कलंकीमा यस्ता पिल्लरमात्र ३०० को संख्यामा निर्माण गरिन्छ जुन अहिले जमिनमा गाड्ने काम भईरहेको छ । 












प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई