मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म "/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउपुरमा अनौठो गुफा भेटियो ,प्रचार प्रसार र संरक्षणको पर्खाइमा –भिडियो सहित

२०७३, २६ मंसिर आईतवार १३:००

मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म पुगेर अबलोकन गरेका छन् । पहिलेपहिले गाउँमा गुफा भएको भनिएता पनि भित्रि भाग सम्म पुगेर त्यसको अबलोकन हुन सकेको थिए । गुफाभित्र अध्यारो रहेकोले सहज रुपमा जान समेत कठिन रहेको  शनिवार गुफा अबलोकन गर्न पुगेका जननेत्र माविका शिक्षक भूमिराज शर्माले बताए । गुफामा दुइ वटा मुख रहेको र गुफा भित्र विभिन्न आकृतिका बुट्टेदार चट्यानहरु रहेको उनले बताए । गुफाकोविचमा रहेका बस्तुहरु हटाउन सकेमा माथिल्लो भागबाट प्रवेश गरी तल्लो मागबाट निस्कने सम्भावना छ, उनले भने । गुफाको तल्लो भाग केहि साँघुरो भएकोले भित्र पस्नको लागि केहि कठिनाई भएको उनले बताए । उक्त भागको आफुहरु १५ मिटरसम्म भित्र पुगेको उनको भनाई थियो । गुफाको माथिल्लो मुखबाट छिर्दा भने निकै फराकिलो र चारैतिर फैलिएको भाग भेटिएको छ । उक्त स्थानमा सयौ मानिसहरु सजिलै अटाउन सक्ने क्षमता रहेको उनले बताए । उक्त भागको ५० मिटरसम्म आफुहरु पुगेको उनले जानकारी दिए ।

विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण तथा अबलोकन गरेपछि आफ्नो गाउँमा भएका पर्यटकीय  सम्भावनाहरुको खोजी गर्ने क्रममा स्थानीय बुढापाकाहरु बाट सो स्थानमा गुफा रहेको तर भित्र गएर विस्तृत जानकारी हासिल गर्न नसकिएको बुझेपछि ४ जनाको टोली सहित आफु त्यहाँ पुगेको उनले जानकारी दिए ।आजको सहारान्यूजले खबर छापेको छ ।

टच लाइटको व्यवस्था गरी गुफाको केहि भाग भित्र पसेपछि साँघुरो घाटीमा रहेको ढुंगा पन्छाउँदा भित्र ठूलो भाग देखिएको र त्यसभित्र विभिन्न आकृतिहरु भेटिएको उनले बताए । गुफा बाहिर हेर्दा साँघुरोद्धार रहेता पनि भित्रभाग भने खुला र फराकिलो रहेको शर्माले बताए । उक्त गुफाभित्र अबलोकनका क्रममा भगवान् गणेशको आकृति, गाइका थुन, पिरामिड शैलीमा रहेका चट्टान, माहुरीका घारजस्ता चुन ढुंगा तथा विभिन्न चम्कने बस्तुहरु भेटिएको उनले जानकारी दिए ।

शर्मासँगै अबलोकन गर्न पुगेका शिक्षक सुर्यप्रसाद शर्माले आफ्नै गाउँमा भेटिएको गुफाको प्रचारप्रसार गर्न सके पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित हुने बताए । आफुले अन्य धेरै गुफाहरुको अबलोकन गरेता पनि उक्त गुफाको आकृति र प्रकृति अनौठो र मनमोहक रहेको उनले बताए । गुफा अबलोकन गर्न पुगेका स्थानीबासी उदय रिजालले गुफाको एतिहासिक तथा धार्मिक  महत्व बोकेको बताए ।  उनले  गुफामा खनिजपदार्थ जस्तो तरलपदार्थ चट्यानमा बगेको जस्तो देखिएको र मनमोहक दृश्यहरु रहेको अनुभव सुनाए ।

देउपुर ५ आदर्श प्राविका शिक्षक नारायण प्रसाद पौडेलले सात बर्ष पहिले आफुले विद्यार्थीहरु लिएर सो गुफामा पुगेको तर अध्यारो भएकोले १० मिटरभन्दा भित्र पस्न नसकेको जानकारी दिए ।  जननेत्र मावि कक्षा ८ मा अध्ययनरत छात्र बिशाल राज शर्माले गुफा निकैनै रमाइलो रहेको बताए । गुफामाथि  रहेको चौरमा भलिबल खेल्नेक्रममा बल त्यहि खाल्डोमा खस्ने र हराउने गरेको समेत त्यहाँका युवाहरुले बताउँछन् । प्रचारप्रसार गर्न सके जिल्लाको आकर्षक पर्यटकीय स्थलका रुपमा उक्त गुफा पनि परिचित हुने स्थानीयबासी बताउँछन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ